सर्लाहीमा थप एक कोरोना संक्रमितको मृत्यु «

सर्लाहीमा थप एक कोरोना संक्रमितको मृत्यु

सर्लाहीमा कोरोनाको संक्रमणबाट थप एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रामनगर गाउँपालिका–५ बिर्ता टोल बस्ने बिन्देश्वर रायका छोरा वर्ष ३२ को इन्द्रजित राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
शुक्रबार बिरामी परेर उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुर्याएको रायलाई सनिवार श्वास–प्रश्वासको समस्या देखिएको र सो अस्पतालमा भेन्टिलेटरको व्यवस्था नभएकोले थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अस्पतालमा उपचारका क्रममा परीक्षण गर्दा रायमा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकको शव नेपाल प्रहरीको समन्वयमा नेपाली सेनाको मृतक शव व्यवस्थापन टिम सहितको टोलिले शनिबार रामनगर गापा–५ बिर्ता टोल स्थित कुलोको छेउमा अन्त्यष्टि गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक कृष्ण गिरीले जानकारी दिए ।
यसअघि केही दिन पहिले सर्लाहीको मलंगवा नगरपालिका–३ का ४२ वर्षीय नरेन्द्रकुमार मालीको पनि बिरामी परेर वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गर्न जाँदा कोरोना संक्रमण पुष्टि भई उपचारको क्रममा मृत्यु भएको थियो । सर्लाहीमा केही दिनकै अवधिमा दुईवटा कोरोना सक्रमणको पुष्टि भई मृत्यु भएपछि स्थानियवासी त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्