साउदीमा तीन महिनामा कोमामा पुगेर बाँचेका भुलेजको एनआरएनएको पहलमा उद्धार «

साउदीमा तीन महिनामा कोमामा पुगेर बाँचेका भुलेजको एनआरएनएको पहलमा उद्धार

परिवारको आवश्यकता पूरा गर्ने र छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल । तर, आफूले साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रूपमा बस्न बाध्य भए ।
आफ्नो परिवारमा खुसी ल्याउने इच्छा पालेर साथ साउदी पुगेका भुजेलको जिन्दगीमा नसोचेको बज्रपात पर्यो । साथीभाइहरूको सहयोगमा गैरकानुनी हैसियतमा रहेर पनि एक कम्पनीमा सामान्य काम सुरु गरेका भुजेल कामकै क्रममा ठूलो दुर्घटनामा परे । उनी स्थानीय अस्पतालमा साढे दुई वर्षसम्म उपचारका लागि भर्ना भए । त्यस अवधिमध्ये तीन महिनासम्म त भुजेल कोमामा परेका थिए । परदेशमा बेखर्ची रहेका भुजेलेलाई अस्पतालले २ करोड ५० लाख (८ लाख २३ हजार रिहाद) को बिल थमाईदियो । खानबस्नसमेत समस्यामा परेका भुजेल अस्पतालको बिल देखेर छाँगाबाट खसे जस्तै भए । बिल तिर्न नसक्ने भएपछि साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।
सोही मुद्दाका कारण भुजेलले साउदी अरब छोड्न नपाउने स्थितिमा पुगे । विभिन्न माध्यमबाट उनी नेपाली दूतावास र गैरआवासीय नेपाली संघको सम्पर्कमा आइपुगे । दुई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भुजेलको मुद्दा फिर्ता गराउन नेपाली दूतावासले पहलकदमी लियो । नेपाली दूतावासको विशेष पहलकदमी पछि अस्पतालले भुजेलविरुद्ध अदालतमा रहेको मुद्दा फिर्ता लिइदियो ।
भुजेलको मुद्दा त फिर्ता भयो तर नेपाल फर्कने कुनै उपाय लागेन । आर्थिक रुपमा निकै कमजोर रहेका भुजेलको सहयोगका लागि नेपाली दूतवास साउदीले गैरआवासीय नेपाली संघलाई आग्रह गर्यो र उनको नेपालसम्मको उद्धारको जिम्मेवारी संघले लिएको थियो । संघको कोभिड–१९ राहत तथा उद्दार कार्यक्रमअन्तर्गत उनलाई साउदीदेखि विराटनगरसम्म पुग्न आवश्यक हवाई टिकट, काठमाडौंमा बस्न तथा खानाको व्यवस्था गरिएको थियो ।
उनको सहयोगार्थ संघले आफ्ना स्वयंसेवकहरू परिचालनसमेत गरेको थियो । विराटनगरबाट घरसम्म जानका लागि गाडीको समेत व्यवस्था संघले मिलाएको थियो । गैरआवासीय नेपाली संघले सञ्चालन गरेको वैदेशिक रोजगारीमा रहेका नेपालहरूको उद्धार र पुनस्र्थापना कार्यक्रमअन्तर्गत भुजेलको सम्पूर्ण खर्च व्यहोरेर उनलाई परिवार समक्ष बुझाएको हो । भुजेलको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको छ । वैदेशिक रोजगारीका लागि १ लाख रुपैयाँ चर्को ब्याजमा क्रण लिएका भुजेलको ऋण अहिले ब्याजसहित ३ लाख ५० हजारभन्दा बढी नाघिसकेको छ । परिवारसँगको भेटपछि प्रसन्न रहेका भुजेल अब के गर्ने भनेर चिन्तित छन् । अहिले उनको ठूलो चिन्ता साहूको ऋण कसरी तिर्ने भन्ने हो ।
उनी भन्छन्, जसोतसो बाँचेर त आएँ तर अब के गर्ने भन्ने चिन्ता छ । साउदी अबरस्थित नेपाली दूतावासले बिहीवार एक विज्ञप्ति जारी गर्दै उनको उपचार खर्च मिनाह गर्ने रियादस्थित फ्यामेलीकियर अस्पताल, स्वदेश फिर्तिका लागि आवश्यक सम्पूर्ण प्रवन्ध गरिदिने गैरआवासीय नेपाली संघ लगायतलाई धन्यवाद ज्ञापन गरेको छ ।
संघका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री केसीले वैदेशिक रोजगारीमा अलपत्रमा परेका नेपाली श्रमिकहरूलाई राहत तथा उद्दारको काम जारी रहेको बताए र उनले संघको यस कार्यक्रमअन्तर्गत सेप्टेम्बर २०२० देखि हालसम्म कोभिड–१९ का कारणले समस्यामा परेका १७ हजारभन्दा बढी नेपाली श्रमिकलाई राहत तथा उद्धारसम्बन्धी सहयोग पु¥याएको कुरा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्