यो मन मेरो मन कहिल्यै नबलिदिनु «

यो मन मेरो मन कहिल्यै नबलिदिनु

पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ सार्वजनिक

दुःखमा न आत्तिदिनु सुखमा न मात्तिदिनु
यो मन मेरो मन कहिल्यै नबलिदिनु

गायक, रचनाकार तथा संगीतकार पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न सामाजिक परिस्थितिका कारण अशान्त मनको प्रभावमा पनि मन शान्त होस्, दृढ होस् भन्ने भावले यो गीत सिर्जना गरेको सर्जक पुष्पराजले बताए ।
म्युजिक भिडियो लोकार्पण गर्नुहुँदै कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ सिनेपत्रकार विजयरत्न असंबरेले गीत सुन्दर बनेकोले लोकप्रिय हुनेमा आशावादी रहेको बताए ।
कार्यक्रममा अतिथि नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्ष एवं कलाकार सुरजवीर बज्राचार्यले यही सुन्दर गीतको माध्यमबाट प्रतिभाशाली कलाकार पुष्पराज शाक्यको नेपाली सांगीतिक क्षेत्रमा सुखद उपस्थिति बनोस् भनी शुभकामना व्यक्त गरे । कार्यक्रममा अतिथि निर्देशक सुरेन्द्र तुलाधरले गीतको प्राविधिक पक्षको समेत तारिफ गर्दै सर्जक पुष्पराजको उत्तरोत्तर प्रगतिको कामना गरे ।
भूपेन्द्र बज्राचार्यको संगीत संयोजनमा ज्योति रेकर्डस्मा रेकर्ड भएको यस गीतको मिक्सिङ फिरोज बज्राचार्यले गर्नुभएको हो । वाद्यवादकहरु सिमरन महर्जन तथा आशिष बज्राचार्यको अभिनय रहेको यस म्युजिक भिडियोको छायांकन, सम्पादन तथा निर्देशन अमर चित्रकारले गरेका हुन् ।
सि–लभ रेष्ट्रो एण्ड बार कनिबहालमा आयोजित कार्यक्रममा गीत तथा म्यूजिक भिडियो निर्माणमा सघाएका ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्