Logo

मुगु वाणिज्य संघको अध्यक्षमा निर्विरोध

मुगु उद्योग वाणिज्य संघको शनिबार सम्पन्न संघको सातौं जिल्ला अधिवेशनको बन्द सत्रबाट पुनः अध्यक्ष पदमा कमलबहादुर बूढालगायत अन्य पदाधिकारीहरू सर्वसम्वत निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित पदाधिकारीहरूमा कमलबहादुर बूढा अध्यक्ष, रत्नसिङ्ग मल्ल प्रथम उपाध्यक्ष, जंगबहादुर शाही द्वितीय उपाध्यक्ष, नृपेन्द्रबहादुर मल्ल महासचिव, जयबहादुर शाही कोषाध्यक्ष र मानबहादुर बूढा सचिवमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक कुवेरजंग शाहीले जानकारी गराए ।
यस्तैगरी खुल्ला सदस्यहरूमा रवि रावत, नरेन्द्र रोकाया, हरिमन भण्डारी, विष्णु रावत, जयबहादुर बूढा र कर्णसिंग बूढा पनि निर्विरोध निर्वाचित भएको छ भने समावेशी सदस्यहरूमा दलित बाट गंगासिंग कामी, जनजातीबाट दिनेश श्रेष्ठ र महिलाबाट बाचुकली रावत पनि सर्व सम्मत निर्वाचित भएको निर्वाचन समितिले बताएको छ ।
नवनिर्वाचित संघका पदाधिकारीहरूलाई शनिबारै मुगु उद्योग वाणिज्य संघको जिल्ला निवार्चन समितिको कार्यालयका संयोजक कुबेरजंग शाहीले घोषणा गरी शपथ ग्रहण गराएका थिए ।
शनिबारै बसेको नवनिर्वाचित जिल्ला कार्य समितिको पहिलो बैठकले संघको विद्यान २०५४ को दफा २५ (झ) अनुसार ५ जना सदस्यहरू समेत मनोनीत गरेको छ ।
संघका अध्यक्ष कमलबहादुर बुढाका अनुसार मनोनीत हुनेहरूमा रमेशकुमार मल्ल, कर्ण बूढा, राजन भण्डारी, गौरीकला सावत र लक्ष्मीप्रसाद भामलाई मनोनयन गरिएको समेत बताएका छन् ।
देशको संघीयतामा परिवर्तित संरचनाअनुसार संघकाको पालिका स्तरिय शाखा खोल्न र वस्तुगत सदस्ययता दिनका लागि नीतिगत रूपमा विद्यान संशोधन र शाखा तथा वस्तुगत संघ संचालन कार्यविधि बनाउन बन्ध सत्रमा पेश भएको र प्रस्तावमाथि छलफल गर्दै कार्य विधि बनाउने र विद्यान संशोधन गर्ने अधिकार सातौ अधिवेशनले नव गठित संघको कार्यसमितिलाई दिने निर्णय सर्वसम्मत पारित गरेको छ ।
निर्विरोध निर्वाचित अध्क्षय कमल बहादुर बुढाका अनुसार बिगतका अधुरा कार्यहरू पूरा गर्ने र ब्यापारी उद्योगीहरूको हकदितका लागि सदैव लागी रहर्ने जिल्लाको विकास निर्माण र पर्यटन पूर्वधार बिकासका लागि सरोकार वाला निकाय संग समन्वय सहकाय गरेर अगाडि बढ्ने संघमा आबद्धता भएका सदस्यहरूको र कार्यालयका कार्यरत कर्मभारीहरूको क्षमता विकास र संघको सचिवालय सुधारमा लाग्र्ने समेत अध्क्षय बूढाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्