Logo

नेपाल ग्यासका १६ सय सिलिण्डर नष्ट

KODAK Digital Still Camera

नेपाल ग्यास उद्योग प्रालिले प्रयोग गर्न नमिल्ने पुराना १ हजार ६ वटा ग्यास सिलिण्डर नष्ट गरेको छ । बालाजु औद्योगिक क्षेत्रमा रहेको उद्योग परिसरमा ती सिलिण्डर नष्ट गरेको हो ।
उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर पुराना प्रयोग गर्न नमिल्ने सिलिण्डर नष्ट गरेको उद्योगले जानकारी दिएको छ । हाइड्रोस्टाटिस परीक्षण गरेर प्रयोग गर्न नमिल्ने सिलिण्डरहरु छनोट गरेर उद्योगले नष्ट गरेको हो । नेपाल ग्यासले प्रत्येक वर्ष कुचिएर प्रयोग गर्न नमिल्ने सिलिण्डर नष्ट गर्दै आएको छ । मुलुकमा पहिलो पटक खाना पकाउने एलपीजी तथा उच्च गुणस्तरीय आयात गरी विगत ५१ वर्षदेखि उपभोक्तालाई सेवा पु¥याउँदै आएको उद्योगले उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गदै आएको दावी गरेको छ ।
गत वर्ष उद्योगले २ हजार संख्यामा सिलिण्डर नष्ट गरेको थियो । कुचिएका र लामो समयसम्म हाइड्रोस्टाटिस परीक्षण नगरेका सिलिण्डर पठाउँदा ग्यास लिक भएर बेला बेला दुर्घना हुने गर्छन् । अहिले बजारमा कुचिएका पुराना सिलिण्डर खुलेआम वितरण भइरहेका छन् । छिमेकी मुलुक भारतमा १० वर्ष भन्दा बढी ग्यास सिलिण्डर प्रयोग गर्न नपाइने कानूनी व्यवस्था भएपनि नेपालमा भने २० वर्षसम्म पनि एउटै सिलिण्डर प्रयोग हुँदा दुर्घटना बढी हुने गर्छ ।
उपभोक्तालाई सुरक्षित ग्यास पु¥याउने उद्देश्य अनुसार प्रयोग गर्न नमिल्ने सिलिण्डर नष्ट गरिएको उद्योगले जनाएको छ । ५० वर्षदेखि निरन्तर गुणस्तरीय सिलिण्डर आयात गरेर बिक्री गरेको उद्योगले जानकारी दिएको छ । बजारमा विभिन्न ५६ वटा ग्यास उद्योगहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्