अपी पावरको सौर्य आयोजना सञ्चालनको तयारीमा

अपी पावर कम्पनीले निर्माण गरिरहेको ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सौर्य आयोजना वैशाखको अन्तिमदेखि सञ्चालनामा आउने भएको छ ।
हाल यसको अन्तिम चरणमा काम भइरहेको कम्पनीले जनाएको छ । यो आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रशारणमा जडान हुनेछ । आयोजना इपिसी मोडलअन्र्तगत कुशल प्रोजेक्ट नेपालले निर्माण गरेको हो । यसै गरी कम्पनीले ढल्केवर र सिमरामा १–१ मेगावाट क्षमताका आयोजना निर्माण सुरू गरेको छ । यी आयोजनाहरु केही महिनाभित्र सञ्चालनमा ल्याउने तयारी कम्पनीले गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण र अपी पावर कम्पनीबीच २०७५ साउन २७ गते निजी क्षेत्रबाट ग्रीड कनेक्टेड सौर्य विद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता भएको थियो ।
सम्झौता अन्र्तगत जम्मा १८.५ मेगावाट क्षमताका विभिन्न आयोजनाहरु निर्माण गरिनेछन् । यस अन्र्तगत कम्पनीले पहिलो चरणमा तीन आयोजनाबाट ६ मेगावाट विद्युत् उत्पादन गर्नेछ । यी आयोजनाहरुको निर्माण अवधि १० महिना रहेको कम्पनीले जनाएको छ । नेपालमा निजी क्षेत्रबाट प्रवद्र्धन गरिएका यी पहिला आयोजना हुन् । यी आयोजनाको विद्युत् खरिद बिक्री दर ७.३० प्रति युनिट रहेको छ ।