Logo

हुलास स्टिलको अत्याधुनिक ट्युबमिल सञ्चालन

गोल्छा ग्रुपअन्तर्गतको हुलास स्टिल इन्डस्ट्रिजले अझ परिषकृत अत्याधुनिक हट डिप गाल्भानाइजिङ फ्यासिलिटी र वेस्ट ट्रिटमेन्ट प्लान्टसहितको नयाँ ८ इन्चसम्मको ट्युबमिल सुरु गरेको जनाएको छ ।
कम्पनीले हट डिप गाल्भानाइजिङ सन् १९८६ मा र ८ इन्च ट्युबमिल सन् १९९९ मा सुरु गरेको थियो । हुलास स्टिल नेपालमा यी दुवै वस्तुको उत्पादन सुरु गर्ने पहिलो कम्पनी रहेको दावी गरेको छ ।
गाल्भानाइज्ड पाइप का हिप्को ब्राण्डका पाइप उत्पादन गर्दै आएको हुलास नेपालमा बिजुली तथा टेलिफोनका पोलहरु उत्पादन गर्ने पहिलो कम्पनी रहेको बताइएको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम र विभिन्न गाउँपालिका, नगरपालिका र भारत तथा भुटानका सरकारी निकायहरुद्वारा सञ्चालित विभिन्न परियोजनामासमेत विभिन्न किसिमका पोलहरु आपूर्ति गर्दै आएको जनाएको छ ।
हुलास स्टील इन्डस्ट्रिजले ७ देखि १३ मिटरसम्म लम्बाइ भएका र गुणस्तर प्रमाण्किरण भएका विभिन् पोलहरु उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीले नेपाल गुणस्तर तथा नापतौल विभागका मापदण्डअनुसार आधा इन्चदेखि
८ इन्चसम्मका (गोलो तथा विभिन्न आकारका पाइपहरु पनि उत्पादन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्