पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को चौथो संस्करण आयोजना «

पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को चौथो संस्करण आयोजना

प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले पाटा नेपाल स्टुडेण्ट च्याप्टरको ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को चौथो संस्करण आयोजना गरेको छ ।
पाटा युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आवद्ध सदस्य शैक्षिक संस्थाहरुमा हस्पिट्यालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धामार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा आयोजना हुने वार्षिक कार्यक्रम हो ।
सो कार्यक्रम प्रतिभावान युवा पर्यटन विद्यार्थीहरुको पहिचान गर्ने र आवश्यक तालिम, सल्लाह–सुझाव र अवसरहरु प्रदान गरी उनीहरुको ज्ञान शीप र क्षमता अभिवृद्धि गर्न आयोजना गरिएको हो ।
पाटा–नेपाल च्याप्टरका अनुसार पब्लिक स्पिकिङ कम्पिटीसनमा गेट कलेजकी छात्रा समिक्षा भट्टराई प्रथम, टुरिज्म एन्ड हस्पिटालिटी क्वीजमा नेपाल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी (नाथम) प्रथम, कन्टेन्ट राइटिङ कम्पिटीसनमा नाथमकी छात्रा अनुस्का प्रधान प्रथम, फुटसल प्रतियोगितामा छात्रतर्फ गेट कलेज र छात्रातर्फ जिसिआई कलेज प्रथम भएका थिए ।

प्रतिक्रिया दिनुहोस्