रारामा साइकल मार्ग निर्माण हुँदै «

रारामा साइकल मार्ग निर्माण हुँदै

नेपालको ठूलो ताल रारा तालमा घुम्न आउने पर्यटकको मनोरन्जनलाई मध्यनजर राख्दै तालको वरिपरी साइकल मार्ग धमाधम निर्माण भइरहेको छ ।
कर्णाली प्रदेशकोको मुख्य पर्यटनको आर्कषण केन्द्रविन्दु मानिएको रारा तालको किनारमा कर्णाली प्रदेश सरकारको २ करोड ९० लाखको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७७÷०७८ मा बिनियोजन गरीएको आर्थिक सहयोगमा पहिलो चरणमा १ किलो मिटर साइकल मार्ग निमार्ण थालिएको हो । सो साइकल मार्गका गत असोज १ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शिलान्यास गरेका थिए । रारा ताल वरिपरी १४.५ किलोमिटर साइकल मार्ग शंकर मालि निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ ।
रारा घुम्न आउर्ने आन्तरिक तथा बाह्य पर्यटकहरु सडक सञ्जालबाट सल्लेरीसम्म मोटर प्रयोग गरेर र सल्लेरीदेखि आधा घण्टा घोडामा यात्रा गरेर रारा तालको किनारमा पुग्ने गरेका छन् । रारा तालको वरिपरी पैदल यात्रा गर्न समय लाग्ने भएकाले प्रदेश सरकारले साइकलमा यात्रा गराउन सो पदमार्गको निर्माण थालेको वन डिभिजन कार्यालय मुगुका प्रमुख भरतबहादुर बुढथापाले बताए ।
पछिल्लो समयमा रारा घुम्न आउर्ने पर्यटकहरुका लागि विभिन्न विभिन्न सुविधाका लागि थप संरचनाहरु निर्माण थालिएको प्रदेश सरकारले जनाएको छ । त्यसैगरी राराको प्रचार प्रसारका लागि आवश्यक व्यवस्था मिलाइएको जिल्ला वन कार्यालय मुगुका सूचना अधिकारी पनिल देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्