कोका–कोला १७५ एमएल बोतल २५ रुपैयाँमा पाइने
कोका–कोलाले १७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ । यसको मूल्य २५ रुपैयाँ मात्रै तोकिएको छ । नयाँ बोतलको डिजाइन नेपाली उपभोक्ताका लागि गरिएको कम्पनीको भनाइ छ । यो बोतलमा नेपाली भाषामा लेखिएको कोका–कोलाको लोगोले उपभोक्ता आकर्षण हुने कम्पनीको विश्वास छ ।
कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भ आरजिबी (रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो बोतल हो । आरजिबी बोतल कोका–कोला, स्प्राइट र फ्यान्टामा पाइने कम्पनीले जनाएको छ । जुन काठमाडौं, ललितपुर र भक्तपुरका किराना पसलहरुमा पाइने कम्पनीले बताएको छ ।