बजाज शून्य अफरका विजेता रोसन साफिले जिते १० लाख «

बजाज शून्य अफरका विजेता रोसन साफिले जिते १० लाख

नेपालको लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलास चन्दले नयाँ वर्षको अवसरमा बजाज शून्य अफर ल्याएको थियो । सोही अफरबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जितिसकेको कम्पनीको भनाइ छ ।
धनुषा जिल्लाका लग्मा निवासी रोसन साफिले ओम अटोमोबाइल, जनकपुरबाट बजाजको पल्सर १५० बाइक किन्दा ६ वटा शून्य प्राप्त गरेर १० लाख जित्न सफल भएका छन् । यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा विक्रेताबाट किन्नु पर्नेछ । बजाजका कुनै पनि बाइक किन्दा ग्राहकले शून्य प्रतिशत ब्याजदरमा किन्न सक्छन् ।
साथै एसएमएस मार्फत् पाएका आफ्नो युनिक कोडलाई बिक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएस मार्फत् ४ देखि ६ वटासम्म शून्य पाएर १० लाखसम्म जित्न सक्छन् । यस अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि १० हजार निश्चित रुपमा पाउने कम्पनीको भनाइ छ । यो योजना प्रथम विज्ञापन प्रकाशित भएको मितिदेखि अन्तिम विज्ञापन प्रकाशित भएसम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्