भारतीय राजदूतावासद्वारा ३९ वटा एम्बुलेन्स हस्तान्तरण «

भारतीय राजदूतावासद्वारा ३९ वटा एम्बुलेन्स हस्तान्तरण

काठमाडौंस्थित भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ संस्थालाई बिहीबार ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न भारतीय राजदूतावासले लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थालाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ । सन् १९९४ यता भारतीय राजदूतावासले हालसम्म झण्डै ८६२ वटा एम्बुलेन्स प्रदान गरिसकेको छ । त्यसैगरी राजदूतावासले बिहीबार प्रदान गरिएका ६वटा बससमेत गरी हालसम्म १६६ वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्