Logo

विश्व पृथ्वी दिवस मनाइयो

विश्वभर विभिन्न कार्यक्रमहरू गरेर बिहीबार विश्व पृथ्वी दिवस मनाइयो ।
संयुक्त राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो । पृथ्वीमाथि मानिसहरूले अव्यवस्थित दोहन गर्दा प्राकृतिक विपत्ति बढ्दै गएको छ । प्रकृति र पर्यावरण माथिको खेलवाडले जलवायु परिवर्तनको चपेटामा पृथ्वी पर्न थालेको छ । औद्योगिक विकासको अस्वस्थ होडबाजीले जल, जंगल, जमिन र जीवजन्तुलाई नकारात्मक असर पर्दै गएको छ । पृथ्वी दिवस मनाउने प्रयास संयुक्त राज्य अमेरिकाले सन् १९७० को अप्रिल २२ मा गरेको थियो ।
पृथ्वी दिवस अहिले १९० भन्दा बढी देशले मनाउने गरेका छन् । यो दिवस मनाउनेमा विश्वमा औद्योगिक प्रदूषण फैलाउने अमेरिका, चीन, बेलायत, प्रान्स, जापान जस्ता देशदेखि जंगल बचाएर कार्बन बेच्ने, नेपाल, भुटान जस्ता देशहरू छन् । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियो शहरमा भएको पृथ्वी सम्मmेलनले पृथ्वी दिवस मनाउने आवश्यकता औंल्याएको थियो । फलस्वरुप २००९ मा राष्ट्र संघको ६३ औं महासभाले दिवस मनाउने निर्णय ग¥यो । पृथ्वी दिवस २०२१ लाई विश्वले ‘पृथ्वीलाई पुनस्थापित गरौं,’ भनेर मनाइरहेको छ । अहिले जमिन मरुभूमीकरण बन्दै गएको, समुद्रको सतह बढ्दै गएको, हिमालको हिउँ पग्लिरहेको, आगलागी, वन विनाश जस्ता घटनाले पृथ्वी संकटमा छ ।
नेपाल विश्वसँगै जलवायु परिवर्तन र बढ्दो प्रदूषणको चपेटामा पर्दै गएको छ । यो वर्ष उच्च पहाड र हिमालहरूमा पर्याप्त हिउँ परेन भने झण्डै एक हप्ता देशैभरि प्रदूषण फैलिएर जनजीवनमा असर पु¥यायो । हिमालमा हिउँ परेन भने इन्डोनेसियाको जाकर्ता र माल्दिभ्स क्रमशः डुब्दै छ । पृथ्वी बचाउन जलवायु परिवर्तनको असर कम गर्न मानिसले व्यवहार परिवर्तन गर्न आवश्यक देखिन्छ । यसको सुरुवात जंगल क्षेत्र बढाउने र दिगो विकासका लागि वैकल्पिक उपाय लिने थालनी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्