Logo

एआईडीआईए कन्सल्टिङ तथा ऋशीहुड युनिभर्सिटीबीच सहमति

नेपाली मल्टिकन्सल्टिङ कम्पनी एआईडीआईए कन्सल्टिङ तथा मित्रराष्ट्र भारतको नया“दिल्लीस्थित ऋशीहुड युनिभर्सिटीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सहमतिबमोजिम एआइडीआईए कन्सल्टिङ तथा ऋशीहुड युनिभर्सिटीले आगामी दिनहरूमा नेपालमा अध्धयनरत विद्यार्थीहरूका लागि शैक्षिक क्षमता एवं सीप अभिवृद्धिका लागि तालिमहरू उपलब्ध गराउने, नेपाली तथा भारतीय विद्यार्थीहरूबीच विचारहरूको आदान–प्रदान गर्न एक्सचेन्ज कार्यक्रमहरू आयोजना गर्ने तथा नेपालमै बसेर नया““ सोच तथा प्रविधिमा आधारित भई व्यवसाय सञ्चालन गर्न चाहने नवयुवा उद्यमीहरू (स्टार्टअपहरू) का लागि आवश्यक सहयोग उपलब्ध गराउन सहयोग गर्ने उल्लेख छ ।

सहमतिपत्र (एमओयू) मा एआईडीआईए कन्सल्टिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आदित्य मान सिंहले तथा ऋशीहुड युनिभर्सिटीको तर्फबाट रजिष्ट्रार प्रोफेसर नितेश बन्सलले दस्तखत गरी सम्झौतापत्र आदान–प्रदान गरे ।

ऋशीहुड युनिभर्सिटी भारतको एक अत्यन्त प्रतिष्ठित विश्वविद्यालयहरू मध्येमा पर्छ । यस विश्वविद्यालयकोे कुलपति (चान्सलर)मा भारतका पूर्वरेलमन्त्री सुरेश प्रभु हुनुहुन्छ । एआईडीआईए कन्सल्टिङ बिगत लामो समयदेखि कूटनीतिक क्षेत्रमा क्रियाशील नेपाली व्यवसायी सुनिल केसी अध्यक्ष रहेको कम्पनी हो । एआईडीआईए कन्सल्टिङले ऋशीहुड युनिभर्सिटी जस्तो भारतको उच्च सम्मानित विश्वविद्यालयस“ग सम्झौतापत्रमा हस्ताक्षर गरी सहकार्य गर्ने अवसर पाएकोमा गर्ब महसुस भएको तथा एआईडीआईए कन्सल्टिङप्रति ऋशीहुड युनिभर्सिटीले गरेको विश्वासप्रति यस कम्पनी आभार व्यक्त गर्छ ।

प्रतिक्रिया दिनुहोस्