Logo

खुवालुङमा आन्तिरक पर्यटकको चहल पहल बढ्दै

पछिल्लो समय धनकुटा, उदयपुर र भोजपुरको सीमा क्षेत्र त्रिवेणीस्थित सप्त कोसीनदीकोे बीचमा रहेको ठूलो ढुंगा खुवालुङ फुटाउने चर्चा चलेपछि यसलाई हेर्न दैनिक सयौं आन्तरिक पर्यटक आउन थालेका छन् ।
सप्त कोसीनदीकोे बीचमा रहेको ठूलो ढुंगा खुवालुङ फुटाउने भन्ने प्रधानमन्त्रीले एक कार्यक्रममा अभिव्यक्ति दिएपछि एकाएक चर्चामा आएको खुवालुङ हेर्न अहिले धनकुटा, झापा, पाँचथर, विराटनगरसहित राजधानीबाट समेत मानिस आउन थालेका छन् । त्यसमा पनि किराँत धर्मावम्बीहरू धेरै छन् । ढुंगा खुवालुङले मोटरबोट सञ्चालनमा बाधा पु¥याएको भन्दै फुटाउने भएपछि त्यसको विरोधसमेत भएको थियो । किरात राई चाम्लिङ भाषामा खु भनेको ठूलो खोला र वा भनेको पानी र लुङ भनेको ढुंगा हुने भन्दै खुवालुङ सिंगो किराँत समुदायको धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र रहेको भन्दै त्यसलाई फुटाउन नहुने भन्दै विरोधसमेत भएको थियो ।
खुवालुङ विषयमा पहिला खासै थाहा नभएको र अहिले चर्चामा आए पछि आफूहरूको समुदायको धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र रहेको भन्ने थाहाँ पाएपछि एक चोटि हेर्न जाऊँ भनी आएको झापाका रोशन किराँतीले बताए । धार्मिक आस्थाका रूपमा रहेको खुवालुङ फुटाउनुको साटो जोगाएर जेटबोट चलाउन सकिने र यो क्षेत्रलाई धार्मिक रूपमा पर्यटनको विकास गर्नुपर्ने स्थानीय भानु राईले बताए । उनले भने, “अहिले विभिन्न समूह बनाए र दैनिक सयौं आन्तिरक पर्यटक आउने गरेका छन् । खुवालुङ फोडिँदा किराँतीको आस्थामाथि नै प्रहार हुने अभियान्ताहरूको भनाइ छ । त्यसैले खुवालुङ कुनै एक समुदाय र धर्मको मात्र नभई सबैको सम्पदा भएकाले यसलाई बचाएरै जल यातायात सञ्चालन गर्नुुपर्ने र यस स्थानलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्र्दै जानुपर्ने स्थानीय बासिन्दाको माग छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अवलोकन गरी खुवालुङको विषयमा राजनीति नगरी यसलाई संरक्षण गर्दै पर्यटनसँंग जोड्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्