एक सातादेखि सञ्चारविहीन कर्णालीवासी «

एक सातादेखि सञ्चारविहीन कर्णालीवासी

??????


हिमाली जिल्ला मुगुका नागरिक एक सातादेखि सञ्चारविहीन भएका छन् । कालिकोट र दैलेख जिल्लाको सिमानामा रहेको महावु लेक भन्ने स्थानमा रहेको रेडियो लिंक रिपिटर टावरमा रहेका उपकरणहरूमा चट्यांङ्ग पर्दा इन्टरनेट सेवामा समस्या आउदा सञ्चारविहीन भएका हुन् ।
इन्टरनेट सेवा नहँुदा कर्णालीका मुगु, हुम्ला, डोल्पा जिल्लामा सेवा प्रवाहमा समस्या आएको नेपाल टेलिकम जिल्ला शाखा मुगुले जनाएको छ ।
टेलिकम कार्यालयका अनुसार उक्त स्थानमा मर्मतका लागि प्राविधकि टोलि त्यसतर्फ प्रस्थान गरेको र मर्मत कार्य जारी रही ढिलामा भोलि र सकेसम्म आज बेलुकासम्म इन्टरनेट सेवा सञ्चालनमा आउने नेपाल टेलिकम मुगुका कार्यालय प्रमुख विशाल देवकोटाले बताए ।
पछिल्लो समय कर्णालीका जिल्लाहरूमा वर्षा भइरहेको हुनाले त्यस बखत वर्षाले पनि इन्टरनेट सेवामा प्रभाव पार्ने हुँदा, वर्षा नभए इन्टरनेट सेवाले छिट्टै सञ्चालनमा आउने जानकारी दिए । वर्षाले गर्दा मर्मत कार्यमा खटिएका प्राविधिकहरूलाई पनि मर्मत कार्यमा समस्या आएको छ ।
उनले थपे कर्णालीका मुगुसहित अन्य जिल्लाहरूमा हालको मात्र समस्या होइन, हिउँदमा हिउ पर्दाको समस्या र वर्षामा असिना पानी र चट्याङ्गको समस्याले उहिले देखिनै कर्णाली बासिले इन्टरनेट र टेलिफोनको समस्या पटक पिटक झेल्दै आइरहेका छन् ।
मुगुमा एडिएसल इन्टरनेटले काम नगर्दा जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, बैंक, वित्तीय संस्थामा आर्थिक कारोबार गर्न र अन्य काम गर्न पनि समस्या आउने गरेको रेडपाण्डा कृषि सहकारी संस्था मुगुका अध्यक्ष तिलकबहादुर मल्लले बताए ।
यता इन्टरनेट सेवा बन्द हुँदा मुगुका सुचना सन्देश पनि राष्ट्रिय स्तरसम्म समाचार सम्प्रेषण र प्रकाशन गर्न पनि नपाएको न्यूज २४ का जिल्ला सम्वाददाता दानबहादुर बुढाले आफ्नो अनुभव सुनाए ।
नेपाल सरकारबाट मान्यता प्राप्त पाएका निजी प्राइभेट इन्टरनेट कम्पनी सुबिसु, वल्र्ड लिंक कम्पनीका इन्टरनेटले गतिलोसँग काम नगर्दा पनि यी कम्पनीका ग्राहकलगायत अन्य स्थानीयवासीहरूले सेवाबाट बञ्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्