मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द फर्न रेसिडेन्सी’ मा छुट
मुक्तिनाथ विकास बैंकका ग्राहकले ‘द फर्न रेसिडेन्सी’ होटलमा छुट पाउने भएका छन् । चितवनमा रहेको उक्त होटलसँग विभिन्न सेवामा छुट दिने विषयमा सम्झौता भएको हो । भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले यो सेवा पाउछन् । उनीहरुले खाना र बसाइमा १५ प्रतिशत सम्म छुट पाउने भएका हुन् ।
यो बैंकले भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट विना शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा लगायत कार्यहरु घरबाटै गर्न सकिन्छ