कांग्रेसमा १७ सदस्यी संसदीय बोर्ड (हेर्नुहोस् को – को छन् ? ) «

कांग्रेसमा १७ सदस्यी संसदीय बोर्ड (हेर्नुहोस् को – को छन् ? )

 काठमाडौं – नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न १७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । सभापति शेरबहादुर देउवाले बुधबार १७ सदस्यीय बोर्ड गठन गरेका हुन् । पार्टीका पदाधिकारी संसदीय समितिको पदेन सदस्य हुने व्यवस्था छ । बालुवाटारमा सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले नाम अनुमोदन गरेको छ । ६८ जिल्लाबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लागि उम्मेदवारको नाम सिफारिस भइसकेको छ । जसमध्ये प्रतिनिधिसभा निर्वाचनतर्फ ३० र प्रदेश सभा निर्वाचनतर्फ ७ जनाको नाम सर्वसममत सिफारिस भएको छ ।

संसदीय समितिका सदस्य

१) शेरबहादुर देउवा २) रामचन्द्र पौडेल ३) शशांक कोइराला ४) सीतादेवी यादव ५) प्रकाशमान सिंह ६) कृष्णप्रसाद सिटौला ७) विमलेन्द्र निधी ८) गोपालमान श्रेष्ठ ९) खुमबहादुर खड्का १०) पूर्णबहादुर खड्का ११) अर्जुननरसिंह केसी १२) डा. रामशरण महत १३) चित्रलेखा यादव १४) महेश आचार्य १५ ) बालकृष्ण खाण १६) डा. प्रकाशशरण महत १७) ज्ञानेन्द्रबहादुर कार्की

प्रतिक्रिया दिनुहोस्