Logo

मेटलाइफका ग्राहकले अनलाइनबाटै बिमा दावी गर्न सक्ने

मेटलाइफ नेपालले अनलाइन दावी इन्टिमेसन सेवा सुचारु गरेको छ । जसबाट ग्राहकहरूले आवश्यक कागजातसहित अनलाइन माध्यमबाट सजिलो तरिकाले बिमा दावी गर्न सक्छन् ।
यसरी अनलाइन अपलोड भएका आवश्यक जानकारीहरु पाउनसाथ मेटलाइफको दावी टोलीले तुरून्त प्रक्रिया सुरु गर्ने कम्पनीले जनाएको छ । मेटलाइफले अनलाइन बिमा दरखास्त, प्रिमियम भुक्तानी तथा केवाइसी अपडेट र नयाँ ग्राहक सेवा एप प्रयोगमा ल्याइसकेको छ । बिमा दावी प्रकृयालाई सहज बनाउने प्रयास गरिएको मेटलाइफ नेपालका उपनिर्देशक तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बताए ।
जसबाट ग्राहकहरुले कार्यालयहरूमा भौतिक रूपमा उपस्थित नभई सबै सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्