Logo

नयाँ वर्ष मनाउन भाइबरद्वारा भर्चुअल उपायको खोजी

राकुटेन भाइबरले नयाँ वर्षलाई भर्चुअल रुपमा मनाउन हालै मात्र एक नयाँ उपायको खोजी गरेको जनाएको छ । जसले गर्दा महामारीको दौरानमा पनि भौतिक दूरी कायम राखेर नयाँ वर्षको उत्सव मनाउन सकिने छ । यसका लागि भाइबरले स्थानीय तवरमै ‘न्यू यर’ च्याटबट सुरु गरेको जनाएको छ ।
नेपालमा नयाँ वर्ष वैशाख १ गतेका दिन मनाउने गरिन्छ । नेपालीहरुले नयाँ वर्षलाई आपसीे सम्बन्ध सुमधुर बनाउने, नयाँ कार्यको थालनी गर्ने, खुशी र उमङ्गको परम्पराको रुपमा मनाउने प्रचलन छ । यस अवसरमा भक्तपुरमा मनाइने बिस्केट जात्राको ठूलो महत्व रहेको छ । तर कोरोना भाइरसको त्रासदीले गर्दा नयाँ वर्षको उल्हासमय वातावरणमा अवरोध खडा भएको छ ।
एक अर्कालाई भेटेर प्रत्यक्ष रुपमा शुभकामना आदानप्रदान गर्ने कार्यमा समस्या उत्पन्न भएको छ । सोही यथार्थलाई मध्यनजर गर्दै यो नयाँ वर्षोत्सवको अवसरमा भाइबरले स्थानीय देशी बटलाई ‘न्यू बिगिनिङस’ च्याटबटमा रुपान्तरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्