Logo

पढाईको नयाँ फण्डा : ‘मेरोस्कुल’ सार्वजनिक

एस्ट्रीक टेक्नोलोजिले डिजिटल इ–लर्निङ प्लाटफर्म ‘मेरोस्कुल’ सार्वजनिक गरेको छ । कोभिड–१९ का कारण छुटेको पढाइलाई पूर्णतादिन र संक्रमण जोखिमका कारण भौतिक ट्युसन र कोचिङ्ग पठाउन तथा जान नचाहने अभिभावक तथा विद्यार्थीहरुलाई लक्षित गर्दै यस प्लाटफर्म सार्वजनिक गरिएको हो ।

प्रविधिको युगमा यस्तो विषम परिस्थितिमा प्रविधिकै प्रयोग गरी विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले यस प्लेटफर्मको विकास गरिएको कम्पनीले जनाएको छ । ‘पढाईको नयाँ फण्डा’ नारासहित सार्वजनिक भएको यो प्लाटफर्मले डिजिटल माध्यमबाट विद्यार्थीहरुको पढाइमा सहयोग गर्ने बताइएको छ ।

मेरोस्कुल एक डिजिटल इ–लर्निङ्ग प्लाटफर्म हो जहाँ सरकारले स्वीकृत गरेको पाठ्याक्रममा आधारित ५ हजारभन्दा धेरै भिडियोहरु पाउन सकिने कम्पनीले जनाएको छ । यसका साथै पुराना प्रश्नपत्रहरु हल गरिएका भिडियोहरु पनि पाउन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्