सामसङ र एनसेलसँगको सहकार्यमा ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ योजना «

सामसङ र एनसेलसँगको सहकार्यमा ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ योजना

स्मार्टफोन ब्राण्ड सामसङले नयाँ वर्षको योजनाअनुसार एनसेलसँगको सहकार्यमा पुरानो फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको छ ।

डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियानअन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउँछन् । सामसङलको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउँछन् ।

नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पु¥याउने सामसङको प्रतिवद्धता अनुरुप ल्याइएको कम्पनीले जनाएको छ । एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामसङले लिएको जनाएको छ । यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम०२ स्मार्टफोन लिन सक्छन् ।

ग्यालेक्सी एम ०१ कोरमा १ जीबी ¥याम र १६ जीबी स्टोरेज क्षमता रहेको छ । ग्यालेक्सी एम०२ मा ग्राहकले आफ्नो आवश्यकताअनुसार २ जीबी रयाम र ३२ जीबी स्टोरेज वा ३ जीबी रयाम र ३२ जीबी स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्छन् । ग्यालेक्सी एम०१ कोर र ग्यालेक्सी एम०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको कम्पनीले जनाएको छ ।

पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुई वटा आधारभूत शर्तहरु लागू हुने कम्पनीले जनाएको छ । पहिलो पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनुपर्ने र दोस्रो, फोनको ब्याट्री, स्क्रीन र फोनको बडी सहि अवस्थामा हुनुपर्दछ । यी दुई शर्तहरु पूरा भएको खण्डमा ग्राहकको फोनलाई उपयुक्त मूल्यांकन गरिने कम्पनीले जनाएको छ ।

यो योजना २०७८ वैशाख १ देखि सीमित अवधिसम्मका लागि सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्