Logo

अखाध्य वस्तु बिक्री गर्ने ३ कम्पनी कारवाहीमा

बजार अन’गमन दमौली, २० चैत : तनह’को म्याग्दे गाउँपालिका ४ स्थित थर्पु बजारमा श’क्रबार बजार अन’गमन गर्दै गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रम’ख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी लगायत । अन’गमनका क्रममा केही पसलमा अखाद्य वस्त’ बरामद भएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

मानव स्वास्थ्य माथि नै खेलवार्ड गर्ने गरी पोखरामा सञ्चालन हुँदै आएका ३ वटा कम्पनी कारवाहीमा परेका छन् । पोखरामा हालै गरिएको बजार अनुगमनका क्रममा अन्नपूर्ण फुड्स एण्ड वेवरेज प्रालि, हिम सागर मेडिकल हल, न्यू दाई दाङ भ्याली सप्लायर्स कारवाहीमा परेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।

बजार अनुगमनको क्रममा तीन कम्पनीसहित प्रकाश शुभ हार्डवयर समेत कारवाहीमा परेको हो । पिउने  पानी उत्पादन गर्दै आएको अन्नपूर्ण फुड्स एण्ड वेवरेज प्रालि, हिम सागर मेडिकल हलले अनुमति विना पसल संचालन गरेको न्यू दाई दाङ भ्याली सप्लायर्सले मूल्यसूची नराखेको र प्रकाश हार्डवयरले बिल बिजक नराखेकोलगायतका अन्य कारणले गर्दा उनीहरुलाई कारवाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनीहरुबाट ५ लाख ५० हजार रुपैयाँ राजस्व समेत संकलन गर्न सफल भएको उनले बताए ।

वेवरेजलाई २ लाख, हार्डवयरलाई २ लाख ५० हजार, मेडिकल र सप्लायर्सलाई जनही ५०÷५० हजार रुपैयाँ  जरिवाना गरिएको सहायक प्रजिअ.पौडेलले जनाए । त्यस्तै पोखराको न्यूरोडमा रहेको जर्मन बेकरी र काठमाडौं बेकरीलाई अनुगमनको क्रममा चेतावनी दिइएको छ । जर्मन बेकरीले आवश्यक काजपत्र पेश नगरेको र काठमाडौं बेकरीमा सरसफाइ नभएकले सुधारका लागि चेतावनी दिएको उनले बताए ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कायर्कालय कास्की, उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय पोखरा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखरा एवं राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिहरु अनुगमनमा निस्केको थियो ।

बजार अनुगमन तथा निरीक्षणका क्रममा पोखरा महानगरपालिका क्षेत्र भित्रका प्रशोधित खानेपानी उत्पादक, निर्माण सामग्री बिक्रेता, बेकरी उद्योग फ्रेस हाउस, केही उद्योग प्रतिष्ठानले बिल बिजक जारी नगरेको उपभोग्य म्याद नाघेको वस्तु बिक्रीमा राखेको, कानुन बमोजिम दर्ता नविकरण नगरी व्यवसाय सञ्चालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

कानुन विपरित कार्य गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम विभिन्न केही फर्मबाट ५ लाख ५० हजार रुपैयाँ जरिवना गरिएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्