चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा «

चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा

नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन् । चेम्बरको कार्यसमिति बैठकले विधानबमोजिम मनोनित हुने उपाध्यक्षमा गोल्छालाई मनोनित गरेको हो ।

गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रबार स्वागत गरे । चेम्बरले आफूलाई मानार्थ उपाध्यक्ष मनोनित गरेर सम्मान गरेको गोल्छाले बताए । गोल्छा व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्