Logo

कर्णालीमा मन्त्रिपरिषद् विस्तार

 नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले कारबाही गरेका कर्णालीका तीनै जना सांसद मन्त्री बनेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएपछि नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

यसअघि उनले संसदबाट विश्वासको मत प्राप्त गरेका थिए । शुक्रबार बसेको कर्णाली प्रदेशसभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री शाहीले नेपाली काँग्रेस र नेकपा एमालेका चार जना सांसदको मत पाएपछि उनी नेतृत्वको सरकारले निरन्तरता पाएको हो ।

नेकपा माओवादी केन्द्रका १२ सांसद रहेकोमा कांग्रेसका ६ जना सांसद र एमालेका चार जनागरी शाहीको पक्षमा २२ जना सांसदले मत दिएका छन् । 

उनको विपक्षमा एमालेका १५ जना सांसदले मतदान गरेका छन् । एमालेबाट फ्लोर क्रसगरी शाहीलाई मतदान गर्नेमा प्रकाश ज्वाला, अमर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन् । उनीहरू एमालेमा माधव नेपाल झलनाथ खनाल खेमाका हुन । मतदानमा ३७ जना सहभागी भएका थिए । एक सिट रहेको राप्रपा भने तटस्त बसेको छ । ४० सदस्यीय प्रदेशसभामा एक जना एमाका सांसद सभामुख छन भने माओवादी निर्वाचित धर्मराज रेग्मी एमालेमा प्रवेश गरेकाले उनलाई माओवादी केन्द्रले पद मुक्त गराएको छ ।  एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शाहीलाई नेकपाको एकता प्रक्रिया भंग भएलगतै चैत ५ गतेबाट लागू हुनेगरी एमालेले आफ्नो समर्थन फिर्ता लिएपछि शाहीले विश्वासको मत लिएका हुन् ।

फ्लोर क्रस गर्ने सांसदलाई कारवाहीको लागि एमालेको सिफारिस

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत दिएका नेकपा एमालेका तीन जना सांसदहरुलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिएको छ ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटिका अध्यक्ष गोरख बोगटीले सांसदहरु अमर बहादुर थापा, नन्दसिंह बढा र कुर्मराज शाहीलाई प्रदेश कमिटिले कारबाही गरेको जनाएका छन् । यस्तै शाहीको पक्षमा मतदान गरेका प्रकाश ज्वालालाई कारबाही गर्नका लागि केन्द्रीय कमिटिमा सिफारिस गरेको छ ।  नेकपा एमाले संसदीय दलको शनिबार बसेको बैठकले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने चार जना सांसदलाई पदबाट हटाउने केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो ।सांसद देवि ओलीले शुरुमा मुख्यमन्त्रीको पक्षमा मत दिएको र पछि सच्याएपनि पार्टीको ह्वीप विपरित गएकोले २४ घण्टे स्पष्टीकरण सोधिएको दलका प्रमुख सचेतक गुलाव जंग शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्