वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्यूआर कोडबाट भेटी चढाउने सुविधा
माछापुच्छ्रे बैंकले नेपालगञ्जको वागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा सुरु गरेको छ। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मन्दिरमा क्यु.आर. कोडमार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरेका हुन् ।
कार्यक्रममा गभर्नर अधिकारीले यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए । उनले क्यूआर कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको बताए । प्रविधिको प्रयोगबाट नयाँ नोटको छपाइका लागि हरेक वर्ष देशबाट बाहिरिने ठूलो धनराशी कटौती हुन्छ” उनले भने ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्यूआर कोड सेवा सुरु गरेकोमा माछापुच्छ्रे बैंकलाई धन्यवाद दिए। माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले बागेश्वरी मन्दिरमा सुरु गरिएको क्यूआर कोड सेवाले डिजिटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने बैंकको अभियानमा मद्दत पुग्ने बताए ।