अजोडको सञ्चालकमा पौडेल र सुवेदी चयन «

अजोडको सञ्चालकमा पौडेल र सुवेदी चयन

अजोड इन्स्योरेन्सको पानुदत्त पौडेल र सिर्जना सुवेदी संचालकमा चयन भएका छन् । कम्पनीको तेस्रो साधारणसभाबाट पौडेल र सुवेदी सर्वसाधरण सेयरधनीका तर्फबाट संचालकमा निर्विरोध चयन भएका हुन् ।

साधारणसभाबाट विष्णुप्रसाद नेपाल स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त भएका छन् । कम्पनीले कोरोना संक्रमणका बाबजुद पनि आर्थिक वर्ष २०७६/०७७ मा कुल बिमा शुल्क ८८ करोड ४३ लाख लाख १७ हजार रुपैयाँ संकलन गरेर ४ करोड ५६ लाख ७२ हजार खुद नाफा गरेको जनाएको छ । बिमा कोषमा ६ करोड २३ लाख ७२ हजार सञ्चित रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्