Logo

मेगा बैंक र भोटेबहाल तयारी पोसाक उत्पादन तथा बिक्रेता संघबीच सम्झौता

मेगा बैंकले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले भोटबहाल तयारी पोसाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र भोटेबहाल तयारी पोसाक उत्पादन तथा बिक्रेता संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर गरे ।

बैंकले संघसँग आवद्ध उद्यमीहरुलाई व्यवसाय विस्तार गर्न साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण व्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण व्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । यस्तै, बैंकले उद्यमीहरुलाई बैंकको सम्पूर्ण सुविधाहरुका साथै क्यूआर कोड पनि वितरण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्