Logo

कुमारी बैंक र ल्यान्डमार्क फुडस्बीच सहकार्य

कुमारी बैंक र जावलाखेल स्थित ल्यान्डमार्क फुडस्बीच आफ्ना सेवामा छुट दिनेबारे समझदारी भएको छ । कुमारी बैंकले बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा ग्राहकले विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचाय र ल्यान्डमार्क फुडस्का संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरे । सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकवर्गले ल्यान्डमार्क फुडस्का विभिन्न सेवाहरुको उपयोग गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६५ एटीएम, २६ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट बैंकिङ सुविधाहरु दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्