नेपाली पर्यटन र विसं २०७७

सबै कुरो ठीकठाक भएको भए वि.सं. २०७६-०७७ मा नेपालमा कति विदेशी पर्यटकहरू आए ? भन्नेबारेमा बहस र छलफल भइरहेको हुन्थ्यो । किनभने वि.सं. २०७६-०७७ मा (सन् २०२०) मा हामीले २० लाख विदेशी पर्यटक नेपाल भिœयाउने लक्ष्य लिएका थियौं, जसका लागि नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ वर्षका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसो भए तापनि सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी सहर वुहानबाट पैmलिन थालेको महामारी नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारणले गर्दा नेपालमा मात्रै नभएर विश्वभरि नै पर्यटकहरूको संख्या घट्यो । अझ नेपालमा त गत वर्षको भन्दा लगभग ८१ प्रतिशतले विदेशी पर्यटक घटेको छ । फलतः सन् २०२० मा २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका छन् ।
सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी सहर वुहानबाट पैmलिन सुरु भएको महामारीका कारणले गर्दा विश्व पर्यटन उद्योगले पनि एक किसिमले ठूलै आर्थिक क्षति बेहोरेको अवस्था छ भने विश्वभरि नै पर्यटक विहीनताका कारण छाएको मूर्दा शान्तिका कारण विश्वका एकसे एक पर्यटकीय क्षेत्र भनेर कहलिएका ठाउँहरू नै रौनकविहीन भएका थिए । हुन त नेपालमा पर्यटन व्यवसायको इतिहास त्यति लामो छैन । वि.सं. २००७ मा आएको राजनीतिक परिवर्तनपछि बिस्तारै विदेशीहरूका लागि नेपाल खुला गरियो । त्यो बेला विदेशीलाई नेपाल भ्रमण अनुमति दिन थालिएको भए तापनि विदेशी पर्यटकहरूका लागि नेपालमा अस्थायी रूपमा खान र बस्नका लागि होटल, लज आदिको राम्रो व्यवस्था थिएन भने विदेशी पर्यटकहरूले काठमाडांै उपत्यकाबाहिर जानका लागि चाहने हवाई तथा सडक यातायातलगायत अन्य पूर्वाधार विकासमा नेपाल धेरै पछि थियो । त्यसैले विसं २००७ देखि विसं २०१५÷०१६ साल (सन् १९४९-५० देखि १९५९-६०) बीचको संक्रमणकालीन अवस्थामा नेपालमा अपेक्षित रूपमा विदेशीहरू पर्यटकका रुपमा भ्रमण गर्न खासै आएनन् ।
तत्कालीन श्री ५ को सरकारले सन् १९९८ मा पहिलो पटक विभिन्न उद्देश्यहरू राखेर ‘नेपाल भ्रमण वर्ष–१९९८’ मनाएको थियो । जस्तै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढाएर पाँच लाख पु¥याउने, उनीहरूको नेपाल बसाइ अवधि बढाएर दैनिक १२ दिन पु¥याउने, उनीहरूले नेपालमा रहँदा गर्ने दैनिक खर्च बढाएर दैनिक ४५ डलर पु¥याउने लगायतका उद्देश्य राखेर पहिलो पटक ‘नेपाल भ्रमण वर्ष–१९९८’ मनाइएको थियो । स्मरणीय छ, सो वर्ष ५ लाख विदेशी पर्यटक नेपाल भिœयाउने, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको दैनिक खर्च प्रतिव्यक्ति प्रतिदिन ४५ अमेरिकी डलर पु¥याउने, नेपाल आउने विदेशी पर्यटकको बसाइ अवधि १२ दिन पु¥याउने लगायतका लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइएको भए तापनि सो वर्ष तत्कालीन श्री ५ को सरकारद्वारा घोषित कुनै पनि लक्ष्यहरू पूरा भएन, तापनि सो वर्ष ४ लाख ६३ हजार ६ सय ८४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
वि.सं. २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि भने नेपाल आउने विदेशी पर्यटकहरूको संख्या लगातार बढिरहेको थियो÷छ । पछिल्लो पटक नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या सन् २०१५ मा घटेको भए तापनि सो वर्ष विदेशी पर्यटकहरूले आफ्नो नेपाल बसाइ अवधिमा गरेको दैनिक खर्च भने हालसम्मकै सबैभन्दा धेरै रहेको थियो । स्मरणीय छ, सन् २०१५ मा विदेशी पर्यटकहरूले आफ्नो नेपाल बसाइ अवधिमा गरेको दैनिक खर्च लगभग ७१ अमेरिकी डलर थियो । जबकि सन् २०१७ मा औसतमा एक जना विदेशी पर्यटकले आफ्नो नेपाल बसाइका क्रममा ५५ अमेरिकी डलर मात्रै दैनिक खर्च गरेका थिए भने् सन् २०१८ मा एक जना विदेशी पर्यटकले औसतमा दैनिक ४४ अमेरिकी डलर मात्रै खर्च गरेको देखिन्छ । त्यसैले सुन्दा तीतो लागे तापनि यो तथ्यांकले नेपाल वास्तवमै विश्वका ‘वेस्ट टुरिस्ट’ (जथाभावी फोहर गर्ने, प्राकृतिक वातावरण बिगार्ने, संस्कार, संस्कृति नष्ट गर्ने) हरूका लागि सधैंका लागि स्वर्ग बन्दै जाने त होइन ? भन्ने पनि देखिन्छ । सन् २०२० मा हामीले २० लाख विदेशी पर्यटक नेपाल भिœयाउने लक्ष्य लिएका थियौं । तर, कोरोना महामारीका कारण २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए भन्ने त माथि नै उल्लेख भएको छ । त्यसैले आशा गरौं, नेपाली नयाँ वर्ष वि.सं. २०७८ सँगै नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या पनि उल्लेख्य मात्रामा बढोस्, सम्पूर्ण नेपालीहरूमा नयाँ वर्षको हार्दिक शुभकामना !