मेलम्चीको नयाँ पाइपलाइनमा १६ करोडको क्षति «

मेलम्चीको नयाँ पाइपलाइनमा १६ करोडको क्षति

k]6«f]lnod kfOknfOg lj5ofpg] sfo{ x’Fb} ef/tsf] df]ltxf/Laf6 af/fsf] cdn]vu~h;Dd k]6«f]lnod kfOknfOg lj5ofpg] sfo{ x’Fb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

मेलम्ची खानेपानी वितरणका लागि बिछ्याइएका पाइपलाइनमा अन्य पूर्वाधार निर्माण गर्दा १६ करोड बराबरको क्षति भएको छ । मेलम्ची खानेपानी आयोजनाको नयाँ पाइपलाइन परीक्षणको क्रममा सडक निर्माण, ढल सुधार, तथा अन्य विकासका कामले जमिनमुनी बिछ्याएको पाइपलाइनमा करोडौंको क्षति गरेको देखिएको हो ।
खानेपानी मन्त्रालयले तेस्रो पक्षिय क्षति (अन्य विकासका पूर्वाधार निर्माणले पाइपलाइनमा पु¥याउको क्षति) का कारण बिछ्याएको नयाँ पाइपलाइनमा १६ करोड क्षति भएको र यसले सरकारलाई वित्तीय भार थपिएको जनाएको छ । यो क्षतिको रकम गत वर्षसम्मको मात्र हो, कोभिडपछिको क्षति यसमा गणना नगरिएको मन्त्रालयले जनाएको छ । पहिलो चरणअन्तर्गत हालसम्म उपत्यकामा १ हजार १५ किलोमिटर पाइपलाइन बिच्छाइएको खानेपानी मन्त्रालयले जानकारी गराएको छ ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले गत वर्षसम्मको सरकारले र एक वर्ष यता भएको क्षति भने तेस्रो पक्षले नै बेहोर्नुपर्ने जनाएको छ । पीआईडीका प्रमुख कमलराज श्रेष्ठले गत वर्षसम्मको १६ करोडको क्षति भएको र उक्त क्षति सरकारले नै बेहोर्ने बताए । “नयाँ पाइपलाइन बिछ्याउन थालिएको ५ वर्ष भयो, मेलम्चीको पानी आउन ढिला भयो, कतै सडक खन्दा, कतै ढल बनाउँदा, विद्युत् वितरण लाइन बिस्तार गर्दा तथा अन्य विकासका पूर्वाधार निर्माण गर्दा ती पाइपलाइनमा क्षति पुगेछ, अहिले परीक्षणको क्रममा मात्रै थाहा भयो,” उनले भने ।
श्रेष्ठका अनुसार अहिले अर्थ मन्त्रालयबाट पाइपलाइन बिस्तार भएदेखि गत वर्षसम्मको करिव १६ करोड क्षति राज्यले बेहोर्ने सहमति भएको छ । “त्यसपछि तेस्रो पक्षले बेहोर्ने छ, करिव ३० किलोमिटरभन्दा बढी तेस्रो पक्षले बेहोर्ने छ,” उनले भने, “तेस्रो पक्षको हो त भनेर खोजिरहेका छांै, तेस्रो पक्षको पहिचान भएसम्म उनीहरुलाई क्षति बेहोर्न लगाउने छौं, पहिचान नभए राज्यले नै बेहोर्नुपर्नेछ ।” उनले भने ।
तेस्रो पक्ष पहिचान भएसम्मका सम्बन्धित निकायमा क्षतिको मूल्यांकन हुने गर्ने योजना निर्देशनालयको छ । उनका अनुसार, पहिचान भइसकेका तेस्रो पक्षलाई क्षति मूल्य बराबरको पैसा उपलब्ध गराउनु भनेर ३÷४ पटकसम्म पत्राचार गरे पनि कार्यान्वयन भएको छैन ।
नयाँ पाइपलाइन बिछ्याइएपछि परीक्षणको क्रममा तेस्रो पक्षको क्षतिका कारण खानेपानीको चुहावट बढेको देखिएको छ । उनले मेलम्चीको पानी पाइपलाइनमा पठाएर परीक्षण भइरहेको र परीक्षणका लागि पानी अभाव नहुने भएकाले अब दोस्रो चरणको पाइपलाइन बिस्तारको क्रममा तेस्रो पक्षीय क्षतिको समस्या कम हुने बताए । तेस्रो पक्षको क्षति बारम्बार भेटिएकाले नयाँ पाइपलाइन परीक्षणको काम समेत ढिलाइ भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्