मन्त्री नेम्वाङद्वारा कर्णाली करिडोर अनुगमन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कर्णालीबासीको जीवनरेखा निर्माणाधीन कर्णाली करिडोरको हवाई अनुगमन गरेका छन् । सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत मन्त्री नेम्वाङसहितको टोलीले कर्णाली करिडोरको हवाई अनुगमन गरेका हुन् । कर्णालीको जीवनरेखासँग जोडिएको कर्णाली करिडोर निर्माणको अवस्था, कार्यप्रगति तथा अवसर र चुनौतीका बारेमा बुझ्न मन्त्रीको टोलीले हवाई अनुगमन गरेको हो ।
चीनसँगको व्यापारिक गतिविधि बढ्ने, कर्णालीको आर्थिक विकास हुने लाइफलाइन नै कर्णाली करिडोर भएकाले यसप्रति सरकारको विशेष चासो रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बताए । उनका अनुसार चीनको उत्तरी नाकासँग प्रत्यक्ष सीमा जोडिएको कर्णाली करिडोरले कर्णालीको आर्थिक विकासमा टेवा पु¥याउने एकमात्र मार्ग भएकाले यसको द्रुत विकासका लागि पहल गरिने उल्लेख गरे ।
कर्णाली करिडोरको हवाई अनुगमनकै क्रममा मन्त्रीको टोली हुम्ला पुगेको छ । यसअघि प्रधानमन्त्रीका विकासविज्ञ इन्जिनियर दिनेश थपलिया कर्णाली करिडोर अनुगमन र हाल मन्त्रीको अनुगमनले करिडोर निर्माणले गति लिने कर्णालीबासीको जीवनस्तर माथि उठ्ने कर्णालीबासीको आसा छ ।