जलविद्युत् कम्पनीहरूमा लगानीकर्ताहरूको विश्वास बढेको हो ? «

जलविद्युत् कम्पनीहरूमा लगानीकर्ताहरूको विश्वास बढेको हो ?

पछिल्लो समयमा जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयरप्रति लगानीकर्ताहरूको विश्वास बढेको हो ? हो, पछिल्लो समयमा जलविद्युत् कम्पनीहरूको आईपीओ सेयर खरिदमा आवेदन दिने लगानीकर्ताहरूको संख्या ह्वात्तै बढेको देखिन्छ । पछिल्लो समयमा निष्कासन भएका÷गरेका हाइड्रोपावर कम्पनीहरूको प्राथमिक सेयरप्रति लगानीकर्ताहरूको आकर्षण बढेको देखिन्छ । त्यसो त जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयरमा मात्र नभई दोस्रो बजारमा पनि जलविद्युत् कम्पनीहरूमा लगानीकर्ताहरूको आकर्षण बढेको छ भन्दा पनि फरक नपर्ला । पछिल्लो समयमा हाइड्रोपावर कम्पनीमा आईपीओ सेयरका लागि आवेदन दिनेहरूको संख्या नै १६ लाखभन्दा बढी भइसकेको छ । केही महिनाअगाडिसम्म हाइड्रोपावर कम्पनीहरूको आईपीओ सेयरमा आवेदन दिनेहरू त्यति थिएनन् भन्दा पनि फरक नपर्ला । त्यस बेला निष्कासन भएका हाइड्रोपावर कम्पनीहरूको आईपीओ सेयरहरू सबै बिक्री नै हुन सकेका थिएनन् भने नबिकेको आईपीओ सेयरको प्रत्याभूति लिने कम्पनीहरूले समेत प्रत्याभूति लिन आनाकानी गर्ने गरेको सरोकारवालाहरू बताउँछन् ।
त्यस बेला सेयर बजारको दोस्रो बजारमा नै हाइड्रो पावर कम्पनीहरूको सेयरको मूल्य घट्दो अवस्थामा थियो । रु. १ सयको सेयर दोस्रो बजारमा रु. १ सयभन्दा कम मूल्यमा नै पाउने भएकाले त्यस बेला जलविद्युत् कम्पनीहरूको आईपीओमा लगानीकर्ताहरूको आकर्षण घटेको देखिन्थ्यो । त्यसो त त्यस समयमा हाइड्रोपावर कम्पनीहरूको मात्र नभई अरू समूहको सेयरको मूल्य पनि घटेको देखिन्थ्यो । तर, पछिल्लो समयमा नेप्से बढेसँगै अरू कम्पनीहरूका साथसाथै जलविद्युत् कम्पनीहरूको सेयर मूल्यमा पनि बढोत्तरी भएको देखिन्छ । सायद यही कारणले पनि होला, पछिल्लो समयमा हाइड्रोपावर कम्पनीहरूको आईपीओ सेयरमा पनि लगानीकर्ताहरूको आकर्षण बढेको होला भन्दा फरक नपर्ला ।
त्यसो त पछिल्लो समयमा आईपीओ सेयरमा खरिद आवेदन दिनेहरू ह्वात्तै बढेको देखिन्छ भने डिम्याट खाता खोल्नेहरू पनि ३० लाखभन्दा बढी भइसकेको सरोकारवालाहरू बताउँछन् । त्यसो त पछिल्लो समयमा प्राथमिक बजारमा मात्र नभई दोस्रो बजारमा पनि हाइड्रोपावर कम्पनीहरूको सेयरमा लगानीकर्ताहरूको आकर्षण बढेको देखिन्छ । बजारमा धेरैजसो हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्य बढेको पनि देखिन्छ । यस कारणले पनि हाइड्रोपावर कम्पनीहरूको आईपीओ सेयरमा लगानीकर्ताहरूको विश्वास बढेको हो भन्दा पनि फरक नपर्ला । त्यसो त आर्थिक वर्ष २०७६÷७७ मा धेरैजसो हाइड्रोपावर कम्पनीहरूले प्रगति नै गरेका देखिन्छन् भन्दा पनि फरक नपर्ला । धेरैजसो हाइड्रोपावर कम्पनीहरूको आर्थिक सूचकांक पनि राम्रो नै मान्नपर्ने हुन्छ भने कतिपय जलविद्युत् कम्पनीहरूले लाभांशसमेत दिइसकेका छन् भने केहीले लाभांशको घोषणासमेत गरिरहेका छन् । यो जलविद्युत् कम्पनीका सेयरधनीहरूका लागि सकारात्मक हो भन्दा पनि फरक नपर्ला । त्यसो त अरू बैंक तथा वित्त कम्पनीहरू इन्स्योरेन्स कम्पनीहरूको जस्तो जलविद्युत् कम्पनीका लगानीकर्ताहरूले लाभांश नपाउन सक्छन् । त्यसो त जलविद्युत् कम्पनीका सेयरधनीहरूले राम्रो प्रतिफल पाउन केही वर्ष कुर्नुपर्ने हुन्छ भन्ने सरोकारवालाहरूको भनाइ रहेको छ । त्यसो त होल्ड गर्न सक्ने लगानीकर्ताहरूका लागि जलविद्युत् कम्पनीको सेयर उपयुक्त हुने देखिन्छ ।
पछिल्लो समयमा सेयर बजारमा चाहे प्राथमिक बजार होस्, चाहे दोस्रो बजारमा होस्, लगानीकर्ताहरूको आकर्षण बढिरहेको देखिन्छ भन्दा पनि फरक नपर्ला । तर पनि प्राथमिक बजारमा भने लगानीकर्ताहरूको आकर्षण ह्वात्तै बढेको देखिन्छ । पछिल्लो समयमा नयाँ–नयाँ लगानीकर्ताहरू सेयर बजारमा प्रवेश गरिरहेका छन् । त्यसो त नयाँ–नयाँ लगानीकर्ताहरूको आकर्षण प्राथमिक बजारमा नै हुने गरेको छ । धेरैजसो लगानीकर्ताहरूको प्रवेश प्राथमिक बजारबाट नै हुने गरेको छ । प्राथमिक बजारमा जोखिम कम हुन्छ भने दोस्रो बजारमा जोखिम अलि बढी हुने गरेको छ । लामो अवधिका लगानीकर्ताहरूका लागि भने प्राथमिक बजारमा लगानी गर्न नै उपयुक्त हुने बताउँछन् सरोकारवालाहरू । त्यसो त प्राथमिक बजारबाट लगानीकर्ताहरू सेयर बजारमा प्रवेश गरेपछि आखिरमा गन्तव्य त दोस्रो बजार नै हो । कतिपयको भनाइमा प्राथमिक बजारमा लगानीकर्ताहरू ह्वात्तै बढेसँगै आईपीओ पाउन पनि गा¥हो हुँदै गइरहेको छ भन्ने पनि गरिरहेका छन् । पहिला जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर नबिकेको अवस्था पनि थियो भने पछिल्लो समयमा १० कित्ता सेयर पाउनका लागि पनि गोला प्रथा विधिबाट सेयर बाँडफाँड गर्नुपर्ने अवस्था पनि आइसकेको छ । पछिल्लो समयमा जलविद्यत् कम्पनीहरूले माग गरेभन्दा पनि कैयौं गुणाले बढी आवेदन पर्ने भएकाले गोला प्रथाबाट सेयरको बाँडफाँड गर्न परिरहेको बताउँछन् सरोकारवालाहरू । पछिल्लो समयमा जलविद्युत् कम्पनीहरूको आईपीओ सेयरमा पनि लगानीकर्ताहरूको विश्वास बढेको जस्तो देखिन्छ । त्यसो त कतिपय लगानीकर्ताहरूले जलविद्युत् कम्पनीका लगानीकर्ताहरूको पनि दिन आउँछ नि भन्ने पनि गरेका छन् । जलविद्युत् कम्पनीका सेयरधनीहरूको धैर्यता भने हुनपर्छ । त्यसो त सेयर बजारमा लागेका सबै लगानीकर्ताहरूको धैर्यता हुनुपर्छ । होल्ड गर्न सक्ने क्षमता हुनुपर्छ भने सेयर बजारमा चल्ने हल्लाको पछि लागेर डराउने, आत्तिने गर्न भन्दा पनि सेयर बजारको सही जानकारी लिएर लगानी गर्न सक्ने क्षमता लगानीकर्ताहरूमा हुनुपर्छ ।
त्यसो त सेयर बजारमा हल्लाको खेती गरेर बजारलाई आफ्नो अनुकूल बनाउन चलखेल गर्ने लगानीकर्ताहरू पनि नभएका होइनन् । त्यसैगरी नै हल्लाको पछि लागेर वैकण्ठ मानन्धरजस्तो दौडिने र आपूmलाई नोक्सानीमा पार्ने लगानीकर्ताहरू पनि नभएका होइनन् सेयर बजारमा । चाहे प्राथमिक बजारमा होस्, चाहे दोस्रो बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरूले हल्ला र अरूको देखासिकीबाट अरूको लहलहैमा लागेर सेयर बजारमा लगानी गर्न भन्दा पनि आफूले सेयर बजारका बारेमा राम्ररी जानकारी लिएर कम्पनीहरूका बारेमा राम्ररी अध्ययन र जानकारी लिएर सेयर बजारमा लगानी गर्नुपर्ने देखिन्छ । सेयर बजारमा उतारचढाव भने भइ नै रहन्छ नेप्से कहिले बढ्छ त कहिले घट्छ । सेयर बजारमा नेप्से सधैं बढ्ने र सधैं घट्ने भइरहँदैन, नेप्से घट्ने–बढ्ने भइरहन्छ । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूले सेयर बजारका कम्पनीहरूको वस्तुस्थितिका बारेमा जानकारी लिएर अध्ययन गरेर लगानी गरेमा सेयर बजारबाट लाभ लिन सकिने हुन्छ । अबका दिनमा पनि थुप्रै जलविद्युत् कम्पनीहरूको आईपीओ सेयरहरू निष्कासन हुने देखिन्छ । धेरैजसो जलविद्युत् कम्पनीहरू त निष्कासनका पाइपलाइनमा नै रहेको सरोकारवालाहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्