एमजी एक्सचेन्ज अफर «

एमजी एक्सचेन्ज अफर

नेपालमा एमजी (मोरिस ग्यारेज)को आधिकारिक बितरक पारामाउन्ट मोर्टसले एमजी कारको एक्सचेन्ज अफर ल्याएको छ । मंसिर २१ देखि २३ गतेसम्म देशभर ‘एमजी एक्सचेन्ज अफर’ आयोजना गरेको हो । ‘कम एन्ड अपग्रेड टु अ बेटर ड्राइभिङ एक्सपीरियन्स’ भन्ने ट्यागलाइनका साथ अटोमोबाइल ग्राहकहरूलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरूले एमजीको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।
एमजीका हरेक मोडलहरूमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागि प्रि, सर्भिसिङ, आकर्षक छुटलगायत सेवा उपलब्ध गराएको छ । एमजी एक्सचेन्ज अफरले ग्राहकहरूलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरूका बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्