Logo

सिभिल बैंकको कामु सीईओमा पोखरेल

सभिल बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा सञ्चारलक समितिले स्वीकृत पनि गरिसकेको छ । बैंकले नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । सिभिल बैंकमा २०६९ असोजमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गुरुङले २०७४ वैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृत र सावण ११ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । बैंकले चेन्ज म्यानेजमेन्ट मार्पmत संस्थागत संस्कार, कार्यगत संस्कार, कर्जाको गुणस्तर, संस्थागत संरचनामा सुधार गरी हालैका वर्षहरुमा व्यवसायको आयतनमा वृद्धि गरेको दावी गरेको छ । गुरुङले नेतृत्व सम्हाल्दा बैंकको निक्षेप ३३ अर्ब ८१ करोड, कर्जा ३१ अर्व १९ करोड, निष्कृय कर्जा अनुपात ४.६६ प्रतिशत रहेको बैंकले जनाएको छ । हाल बैंकको निक्षेप ८७ अर्ब ८९ करोड, कर्जा ८१ अर्ब ४४ करोड, निष्कृय कर्जा अनुपात १.७० प्रतिशत तथा शाखा संख्या ११४ पुगेको बैंक्ले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्