Logo

सिटिजन्स बैंकको नाफा ४१ प्रतिशत

सिटिजन्स बैंकले स्थापनाको चौध वर्ष पूरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ । ५६ करोड रुपैयाँ चुक्ता पुँजीबाट स्थापना भएको बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक रतिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको पनि जनाएको छ । त्यसैगरी पछिल्लो समयमा सृजना फाइनान्सलाई पनि प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ ।

बैंक स्थापना भएको वर्ष समाप्तीमा १ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा आर्थिक वर्ष २०७७/७८ को चैतमसान्तसम्म आइपुग्दा बैंकको कुल निक्षेप करिव १ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने करिव १ खर्ब १४ अर्बरुपैयाँ कर्जा प्रवाह गरेको बैकले जानकारी दिएको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा डेढ अर्बमाथि खुद मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको चैत मसान्तको अपरिष्कृत वित्तीय विवरणानुसार गत आर्थिक वर्ष २०७६/०७७ को सोही अवधिको तुलनामा खुद मुनाफा ४१.६१ प्रतिशत बढेर १ अर्ब  ५४ करोड ५३ लाख ४० हजार पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९ करोड १२ लाख ४५ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्ममा बैंकले २१ करोड ९८ लाखद ९३ हजार गैरसञ्चालन आम्दानी गरेको छ । यस्तै, बैंकले तेस्रो त्रैमासमा मात्रै गत पुसमा भएको प्रोभिजनबाट ६ करोड ६२ लाख ११ हजार रुपैयाँ नाफा गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्