Logo

मेक्सिकोकी भर्सेना ‘मिस वल्र्ड–२०१८’

 यो वर्षको मिस वल्र्ड मेक्सिकोकी भर्सेनाले घोषणा भएकी छिन् । शनिबार चीनमा सम्पन्न प्रतियोगितामा भर्सेनाले मिस वल्र्डको ताज जितेकी हुन् ।
नेपालकी श्रृंखला खतिवडा मिस वल्र्डको टप १२ बाट बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । टप १२ मा परेपछि शृंखलाले सगरमाथाबाट स्काइडाइभ गर्ने प्रतिक्रिया दिएकी थिइन् ।
यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृंखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।

प्रतिक्रिया दिनुहोस्