वरिष्ठ नेता नेपाललाई पुनः स्पष्टीकरण सोध्ने एमालेको निर्णय «

वरिष्ठ नेता नेपाललाई पुनः स्पष्टीकरण सोध्ने एमालेको निर्णय

नेकपा (एमाले) ले कर्णाली प्रदेशमा अनुशासनहिन गतिविधि गर्नको निम्ति नेतृत्व गरेको भन्दै माधवकुमार नेपालसहित ८ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले) दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले यसअघि सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको र कर्णाली प्रदेशमा अनुशासनहिन गतिविधि गर्नका लागि नेतृत्व गरेको भन्दै नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई दुई दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

त्यसैगरी कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रदेश सभा सदस्यहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदिपकुमार ज्ञवालीले बताए । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दै जुनसुकै बेला निर्वाचनमा जानुपर्ने भएकाले त्यसका निम्ति तयार रहन पार्टीपंक्तिलाई आव्हान गरेका थिए । बैठकले बिभाजनकारी गतिविधिमा लागेका नेता, कार्यकर्तालाई त्यस्ता गतिविधि बन्द गरी पार्टीमा फर्किन समेत आग्रह गरेको छ । महाधिवेशन आयोजक कमिटीको अर्को बैठक बैशाख १० गते बस्ने निर्णय पनि बैठकले गरेको छ । 

प्रतिक्रिया दिनुहोस्