संसद् अधिवेशन अन्त्य «

संसद् अधिवेशन अन्त्य

काठमाडौँ, ६ वैशाख । सञ्चार तथा स”चनाप्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत ग’रुङले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरेकी छन् ।

मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठककोे सिफारिशमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ (२) बमोजिम अधिवेशन अन्त्य गरेकी हुन् । सोसम्बन्धी पत्र राष्ट्रपतिको कार्यालयबाट सङ्घीय संसद् सचिवालयमा प्राप्त भइसकेको छ ।

सर्वाेच्च अदालतको गत फागुन ११ को फैसलाबाट पुनःस्थापित प्रतिनिधिसभामा राजनीतिक विवादका कारण महत्वपूर्ण विधेयक अघि बढ्न सकेका थिएनन् । सो अधिवेशन गत फागुन २३ गतेदेखि आरम्भ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्