अन्नपूर्णको सफल आरोहण गर्ने पूर्णिमालाई सम्मान «

अन्नपूर्णको सफल आरोहण गर्ने पूर्णिमालाई सम्मान

म्याग्दी

अन्नपूर्ण (प्रथम) हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकी पूर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा सम्मान गरिएको छ । उक्त हिमालको चुचुरोमा पुग्ने पहिलो महिला श्रेष्ठलाई अन्नपूर्ण गाउँपालिका, नारच्याङबासी र नेपाल पत्रकार महासंघ म्याग्दीले सम्मान गरेको हो । श्रेष्ठसहित पेम्वा शेर्पा र पोल्याण्डका यारोलाई पनि सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ म्याग्दीले आयोजना गरेको सम्मान कार्यक्रममा श्रेष्ठले आत्मविश्वासले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला राख्न सकेको बताइन् । अन्नपूर्ण बेशक्याम्पबाट ६ दिनको यात्रापछि वैशाख ३ गते उनी चुचुरोमा पुगेकी थिइन् ।

कारोबार दैनिककी फोटो पत्रकार श्रेष्ठले यसअघि सगरमाथा र मनास्लुको सफल आरोहण गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्