Logo

लाप्राक नमूना बस्ती वैशाख ९ गते हस्तान्तरण गरिने

एनआरएन फाउण्डेसन स्थापना

नेपालमा थप परोपकारी परियोजना सञ्चालन गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघले एनआरएनए फाउण्डेसनको स्थापना गरेको छ ।
विश्वभर फैलिएका नेपालीहरुले नेपालमा गर्ने परोपकारी कामहरुलाई अझ प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले गैरआवासीय नेपाली संघले छुट्टै फाउण्डेनशनको स्थापना भएको हो । परराष्ट्र मन्त्रालयले प्रमाणिकरण गरेको गैरआवासीय नेपाली संघको विधान २००३ (२०२१ को संशोधन सहित) मा एनआरएन फाउण्डेसनको व्यवस्था रहेको छ । यसको स्थापना नेपाल भित्र वा विश्वको कुन पनि स्थानमा गरिन सकिने उल्लेख छ ।
फाउण्डेशनमार्फत संघले सञ्चालन गर्ने परोपकारी परियोजनाहरुको लागि आवश्यक कोषको व्यवस्थापन गर्न सहयोग पुग्नुका साथै सहयोग गर्ने संघसंस्थाहरुलाई समेत करमा छुट पाउन सक्ने प्रावधान अनुसार धेरै दाताहरुको सहयोग र साथ पाउन सकिन्छ भन्ने फाउण्डेशनको धारणा रहेको छ । फाउण्डेशनले नेपालमा प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, चिकित्सा क्षेत्रमा सहयोग, मठमन्दिर, प्राचिन स्मारकहरुको मर्मत तथा जिर्णोद्धार, कला तथा संगीत क्षेत्रमा सहयोग, वैज्ञानिकहरु तथा श्रमिकहरुको क्षमता वृद्धि, अन्तर्राष्ट्रिय खेलकुद विकासमा सहयोग, गैरआवासीय नेपालीहरुको उत्थान, विपत व्यवस्थापन तथा अन्य सरोकारका क्षेत्रमा सहयोग गर्ने लक्ष्य राखेको जनाइएको छ ।

लाप्राक नमूना बस्ती वैशाख ९ गते हस्तान्तरण गरिने
एनआरएनएको मेघा प्रोजेक्टअन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघबीच भएको त्रिपक्षिय सम्झौताअनुसार लाप्राक नमूना बस्तीको निर्माण कार्य सम्पन्न भएको छ ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका–४ मा गैरआवासीय नेपाली संघको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा निजी आवास निर्माण सम्पन्न भएको हो । हाल सम्पूर्ण प्रक्रिया पूरा गरेर वैशाख ९ गते जग्गा धनी पूर्जासहित लाभग्राहीलाई हस्तान्तरण गरिने भएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए । “बस्ती हस्तान्तरणका लागि धार्चे गाउँपालिका–४ र नेपाल सरकारबाट समेत अनुमति प्राप्त भइसकेको छ ।” उनले भने “५७ करोड ६६ लाख भन्दा बढीको लागतमा निर्माण भएको सो बस्तीको लागि आर्थिक सहयोग गर्ने विश्वभर फैलिएका गैरआवासीय नेपालीहरु, नेपाल सरकार, स्थानीय सरकार लगायत सम्पूर्ण दाता एवं अन्य सहयोगी सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।”
एनआरएन फाउण्डेसनको स्थापना

प्रतिक्रिया दिनुहोस्