निजगढमा बिओकेको शाखा «

निजगढमा बिओकेको शाखा

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले निजगढमा नयाँ शाखा खोलेको छ । शाखा कार्यालयको मंगलबार औपचारिक उद्घाटन गरिएको हो । बैंकका संचालक सौरभ के.सी., निजगढका मेयर सुरेश खनाल तथा निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष रविकुमार बर्ताैलाबाट संयुक्त उद्घाटन गरिएको उक्त शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जानकारी गराएको छ । आर्थिक वर्ष २०७४/२०७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप ६९ अर्ब १५ करोड परिचालन गरी कुल कर्जा ६२ अर्ब ३३ करोड रुपैयाँ प्रवाह गरेको छ । हाल बैंकले ७५ शाखा, ६७ एटिएम, ८ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखा रहित बिन्दुहरुबाट आप्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्