बजेटको सिलिङ नआउँदा स्थानीय तहहरु अन्योलमा «

बजेटको सिलिङ नआउँदा स्थानीय तहहरु अन्योलमा

आर्थिक वर्ष २०७८-०७९ का लागि बजेटको अन्तिम सिलिङ जिल्लाका स्थानीय तहहरुलाई आएको छैन । संघीय सरकार तथा प्रदेश सरकारले बजेटकोे सिलिङ नपठाउँदा स्थानीय तहहरु अन्योलामा रहेका छन् । संघीय सरकार र प्रदेश सरकारबाट बजेटको सिलिङ चैत मसान्तसम्म आइपुग्नु पर्ने भएपनि वैशाखको पहिलो हप्ता सकिन लाग्दा समेत आउन सकेको छैन ।
केन्द्र तथा प्रदेशमा देखिएको राजनीतिक अन्योलता कारण त्यसको असर बजेट निर्मणमा देखिएको छ । सिलिङ नआएको कारण स्थानीय तहहरुलाई योजना छनोट गर्न समस्या परेको छ । केलाई आधार मानेर योजना छनोट गर्ने भन्ने अन्यौला रहेको छ । बजेटको सिलिङ आएसँगै योजनको काम अगाडि बढने स्थानीय तहहरु बताउँछन् । केही स्थानीय तहले भने बस्ती स्तरबाट योजना छनोट गर्ने तयारी गरेका छन् । बजेटको सिलिङ नआएपनि योजना छनोट गर्ने तयारी थालिएको स्थानीयहरु बताउँछन् । चालु आर्थिक वर्षको बजेटलाई आधार मानेर योजना छनोट गर्ने तयारी स्थानीय तहहरुको छ ।
घोराही उप–महानगरपालिकाले अन्तिम बजेटको सिलिङ नआएको जनाएको छ । बजेटको सिलिङ आन नसकेको कारणले योजना छनोट समेत सुरु हुन नसकेको उप– महानगरपालिकाका सूचना अधिकारी भिमबहादुर चौधरीले बताए ।
“बजेटको मुख्य आधार नै सिलिङ हो । अहिलेसम्म आउन सकेको छैन ।” उनले भने । उप–महानगरपालिकाले बजेटको पक्षेपण गरेर पठाइसकेको बताए । चालु आर्थिक वर्षको सेरोफेरोमा बजेट हुने अनुमान गरेको उप–महानगरपालिकाले जनाएको छ । आन्तरिक राजस्व संकलन पनि चालु आर्थिक वर्षको हाराहारीमा हुने सूचना अधिकारी चौधरीले बताए । चालु आर्थिक वर्षमा उप–महानगरपालिकाले २५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षको भन्दा केही बजेट बढ्ने अनुमान उप –महानगरपालिकाको रहेको छ ।
तुलसीपुर उप–महानगरपालिकाले पनि बजेटको सिलिङ नआउँदा काम अगाडि बढ्न नसकेको जनाएको छ । बजेटको सिलिङ नआएकाले काम अगाडि बढ्न नसकेको उप–महानगरपालिकाका लेखा अधिकृत वासुदेव अधिकारीले बताए । संघीय सरकार तथा प्रदेश सरकारले समयमा नै बजेटको सिलिङ नपठाउँदा स्थानीय तहलाई समस्या हुने उनको भनाइ छ । समयमै सिलिङ आए काम गर्न सहज हुने उनी बताउँछन् । “बजेटको सिलिङ आए पछि काम अगाडि बढाइने छ” लेखा अधिकृत अधिकारीले भने ।
राजपुर गाउँपालिकाले पनि योजना छनोटको काम सुरु नगरेको जनाएको छ । योजना छनोटको काम नै सुरु नभएको गाउँपालिकाका सूचना अधिकारी महेश थापा ठेडीले बताए । केही दिनमा योजना छनोटका लागि बस्ती स्तरमा पठाइने उनले बताए । बस्ती स्तरसम्म योजना छनोट गर्दा जेष्ठ महिना लाग्ने सूचना अधिकारी थापाले बताए । बस्ती स्तरबाट आएका योजनालाई प्राथमिकीकरण गरेर अगाडि बढाइने उनको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्