रोकिएका नेपाली श्रमिक कोरिया जान ढिलाइ «

रोकिएका नेपाली श्रमिक कोरिया जान ढिलाइ

कोभिड–१९ को संकट बढ्दै गएपछि भिसा प्राप्त गरेका र श्रम सम्झौता सम्पन्न गरेका नेपाली श्रमिकको कोरिया प्रवेशमा थप ढिलाइ हुने भएको छ ।
कोरिया भिसाको म्याद समाप्त भएर नेपाल फर्कन लागेका नेपाली भिसा अवधि १ वर्ष थप गर्ने र कोभिड संकट बढ्दै गएकाले यहाँ रहेका नेपालीको कोरिया प्रवेशमा ढिलाइ हुने भएको हो ।
कोरिया सरकारले भिसा लागेका नेपालीसहित १६ देशका श्रमिकलाई आफ्नो देशमा प्रवेश गराउने आवश्वासन दिए पनि कोभिड संकट बढ्दै गएपछि मिति तय नगर्दा रोजगार अनिश्चित बनेको छ । कोभिड संकटका कारण उडान नभएर कोरिया प्रवेश गर्न नपाएका १६ देशका २८ हजार श्रमिक रहेको कोरिया सरकारले जनाएको छ । यद्यपि कोरिया सरकारले श्रम सम्झौता गरेर भिसा लागेका श्रमिकलाई भने ढिलो भए पनि कोरिया प्रवेशमा प्राथमिकता दिने जानकारी दिएको कोरियाको माइग्रेन्ट टे«ड युनियन (एमटियु) का अध्यक्ष उदय राईले जानकारी दिए ।
कोभिड संक्रमण बढ्दै गएका बेला रोजगार अनुमति प्रणालीअन्र्तगत कोरिया जाने तयारीमा रहेका ६ हजार भन्दा बढी नेपाली प्रवेश गर्न पाएका छैनन् । कोरियाको श्रम मन्त्रालयले भिसा थप भएका नेपालसहित विदेशी श्रमिकलाई काम गर्ने अनुमति बिना नै बसाई अवधि थप गरिएको जनाएको छ ।
कोरिया र नेपालमा संक्रमणदर बढ्दै गएकाले भिसाको म्याद समाप्त भएका नेपाली समेत स्वदेश फर्कने प्रतिक्षामा कोरियामा नै रोकिएका छन् । उडान नियमित नभएर रोकिएका नेपाली श्रमिकको भिसा म्याद भने चैत ३१ गतेबाट १ वर्ष थप गरिएको छ ।
एमटियु र कोरियन टे«ड युनियन (केटियु)ं लगायतका संस्थाले नेपाललगायत १६ श्रमिक स्रोत देशमा रोकिएर रहेका श्रमिकलाई कोरिया प्रवेश गराउन कोरिया सरकारसँग माग गर्दै आएका छन् । बिगत एक वर्षदेखि विदेशी श्रमिक प्रवेशमा रोग लगाएपछि कोरियाको साना तथा मझौला उद्योगमा चरम श्रमिक अभाव रहेको अध्यक्ष राईले बताए । कोरियामा भिसा सकिएर स्वदेश फर्कने अवस्थामा रहेका नेपालीको भिसा अवधि १ वर्ष थप गरिएका कारण रोकिएर रहेका नेपाली तत्काल जाने सम्भावना कम रहेको जानकारहरुको भनाइ छ । भिसा सकिएकालाई कोरिया सरकारले भिसा थप गरेपनि काम गर्ने अनुमति भने दिएको औपचारिक घोषणा भने गरेको छैन ।
नयाँ श्रमिक भित्र्याउँदा तालिम र क्वारेटाइनको व्यवस्थापनमा चुनौती देखिएपछि नयाँ श्रमिक लैजाने निर्णय नभएको कोरियन पक्षको भनाइ छ । एमटियुका अध्यक्ष राईले विदेशी श्रमिकलाई कोरिया प्रवेशमा केही समय रोकिएको भएपनि अनिवार्य माग गर्ने कोरियन पक्षको योजना रहेको बताए ।
कोभिडका कारण १ वर्ष अवधि थप हुने विदेशी श्रमिकको सख्या ६२ हजार २ सय ३९ रहेको छ । जसमध्ये ३ वर्षको कार्य अवधि समाप्त हुने ३९ हजार २ सय ७२ जना छन् । यसैगरी ४ वर्ष १० महिना अवधि समाप्त हुने २२ हजार ९ सय ६७ श्रमिक रहेका छन् । २०२० मा प्रवेश गरेको प्रवासी श्रमिकको सख्या ६ हजार ६८८ जना रहेको छ । २०२१ मार्चसम्ममा १ हजार ४ सय १२ प्रवेश गरेका छन् । २०२० मा रोजगार अनुमति जारी गरेर प्रवेश गर्न नसकेको प्रवासी श्रमिकको संख्या २८ हजार ४ सय ४८ जना रहेको छ । इपिएसअन्तर्गत आएर स्वदेश फिर्ता नगई कागजात विहीन भई कोरियामै बसोबास गर्ने विदेशी श्रमिकको सख्या ४१ हजार रहेको ६४६ रहेको एमटियुले जनाएको छ ।
कोरियाबाट प्रकाशित हुने अंग्रेजी दैनिक कोरिया हेराल्डले कोरियामा विदेशी नागरिकहरूको संख्या नोभेम्बरको अन्त्यसम्ममा २० लाख पुगेको जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा १५.५ प्रतिशतले कम हो । कोभिडका कारण कोरियाले विदेशी श्रमिकको प्रवेश अनुमतिमा रोक लगाएपछि त्यहाँको उत्पादन, कृषि र माछा व्यवसाय क्षेत्रमा श्रमिक अभाव हुन थालेका कोरिया हेराल्डले जनाएको छ । गत वर्ष कोरियाले रोजगार अनुमति प्रणालीअन्तर्गत ५६ हजार विदेशीहरू लिने जनाउँदै योजना अघि सारेको थियो । जसअन्तर्गत १६ एसियाली देशहरुबाट अगस्टसम्म ९.९ प्रतिशतले मात्र कोरिया प्रवेश गर्न पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्