Logo

निजी क्षेत्रको संस्थागत सहकार्य र कार्यगत एकतामा जोड

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूले निजी क्षेत्रका प्रतिनिधि संस्थाबीच कार्यगत एकता अपरिहार्य रहेको बताएका छन् ।
निजी क्षेत्र एकढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने, निजी क्षेत्रले उठाएका मुद्दाहरू कार्यान्वयन हुने र आर्थिक विकासमा समेत बलियो उपस्थिति जनाउन सकिने भएकाले संस्थागत सहकार्य र कार्यगत एकताको विषयलाई अगाडि बढाउनुपर्नेमा दुवै संस्थाका पदाधिकारीरूले जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल चेम्वर अफ कमर्सको हालै सम्पन्न ७०औं वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीहरूको स्वागतमा आयोजित कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
संस्थागत सहकार्य र कार्यगत एकताकै कारण पछिल्लो पटक कोभिड पश्चात अर्थतन्त्रको पुनरूत्थानलगायत उद्योग व्यवसाय क्षेत्रलाई राहतका प्याकेज ल्याइनुपर्ने बताएक्ँ छन् । यस्तै राजनीतिक दलबाट आह्वान भएको बन्द लगायतका विरोधका कार्यक्रम, कृषिमा विदेशी लगानी खुला गर्ने लगायतका विषयमा प्रतिनिधि संस्थाहरूको संयुक्त धारणा आउनुपर्ने उनीहरुले बताए ।
महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० सम्पूर्ण निजी क्षेत्रको दस्तावेजको रूपमा रहेकाले यसको सफल कार्यान्वयनबाट निजी क्षेत्रको सम्मान बढ्ने बताए । महासंघले अगाडि सारेको भिजन पेपरको स्वामित्व लिई सफल कार्यान्वयनमा समेत संस्थागत सहकार्य गर्न चेम्बरलाई आग्रह गरे । अध्यक्ष गोल्छाले महासंघ र नेपाल चेम्बरबीचको ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाउनुपर्ने धारणा राखे ।
महासंघसँग संस्थागत सहकार्य गर्दै जाने प्रतिवद्धता जनाए । महासंघको संस्थागत सहकार्यको प्रस्तावप्रति पूर्ण समर्थन रहेको जनाउँदै अध्यक्ष मल्लले चेम्वर र महासंघ बीचको ऐतिहासिक सम्बन्ध थप बलियो बनाउने बताए । अध्यक्ष मल्लले महासंघले अगाडी सारेको भिजन पेपरको कार्यान्वयनमा सहकार्य गरी अगाडी बढ्न थप छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्