Logo

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउन चुनौती

sf7df8f}F, % j}zfv M pBf]u tyf jfl0fHo / >d, pkef]Qmf lxt ;ldlt a}7s pBf]u tyf jfl0fHo / >d tyf pkef]Qmf lxt ;ldltsf] cfOtaf/ l;+xb/af/df a;]sf] a}7s . tl:a/ M /Tg >]i7, /f;;

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सामाजिक सुरक्षा कोषले हालसम्म गरेको आम्दानी तथा खर्चको विवरण लिखित रुपमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
सरोकारवालासहित बसेको समितिको बैठकले सामाजिक सुरक्षा कोषको आम्दानी तथा खर्चको विवरण समिति समक्ष लिखित रुपमा पेश गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामाजिक सुरक्षा कोषलाई निर्देशन दिएको हो । सरकारी, गैरसरकारी तथा विभिन्न संघसंस्था र कलकारखानाबाट सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकहरुको संख्या पनि बुझाउन समितिले निर्देशन दिएको छ ।
समिति सभापति बिमलप्रसाद श्रीवास्तवले योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालयले अरु कुन कुन मन्त्रालयसँग कस्तो प्रकारको सहयोगको अपेक्षा राखेको छ सो सम्बन्धी पनि लिखित रुपमा पेश गर्न निर्देशन दिए । “यो कोषको आम्दानी विवरण समितिमा बुझाउन सरकारलाई निर्देशन दिइएको छ” उनले भने, “कोषमा अहिलेसम्म सरकारी, गैरसरकारी, विभिन्न संघसंस्थाबाट केकति संख्यामा सदस्यहरु भए तथ्यांकसहित यो समितिलाई उपलब्ध गराउन निर्देशन दिएका छौं ।”
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले श्रमिकहरु सरकारले अपेक्षा गरेअनुसार सामाजिक सुरक्षा कोषको दायरामा नआएको बताए । औपचारिक क्षेत्रका श्रमिकहरुको पनि सहभागिता सोचे अनुसार नभएको भन्दै उनले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन चुनौतिपूर्ण भएको टिप्पणी गरे । रोजगारदाताहरुले २० प्रतिशत योगदान गर्न तयार नभएका कारण समस्या भएको पनि उनले बताए ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको नीतिगत सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । योजनाको स्किमको दायरा बढाएर आकर्षित गर्न सकिने उनले बताए । ठूला उद्योगहरुका श्रमिक यस योजनाको दायरामा आउन चाहेपनि रोजगारदाताले चासो नदेखाएको पनि बताए ।
नेपाली कांग्रेसका सांसद प्रकाश रसाईलीले कम्पनीहरुले ठेकेदारहरुसँग कामदार लिएर काम गराउने गरेका कारण सामाजिक सुरक्षाको दायरामा ल्याउन नसकिएको भन्दै सरकारले कडा निगरानी गर्नुपर्ने बताए ।
जनता समाजवादी पार्टी, नेपालकी सांसद अमृतादेवी अग्रहरीले अझैपनि श्रमिकहरुलाई सरकारको सामाजिक सुरक्षा योजनाको बारेमा थाहा नभएको भन्दै राज्यले श्रमिकहरुलाई यसबारे बुझाउनुपर्ने आवश्यकता रहेको बताइन् ।
जनता समाजवादी पार्टी, नेपालका सांसद प्रमोद साहले सामाजिक सुरक्षा कोषलाई सरकारले प्रभावकारी बनाउन नसकेको बताए । सामाजिक सुरक्षा कोषको दायरामा नआउने कम्पनीहरुलाई कारबाही गरिनुपर्ने उनको भनाइ छ । नेकपा एमालेकि सांसद सरिताकुमारी गिरीले सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन बल गर्नुपर्ने बताइन् ।
सामाजिक सुरक्षा कोष अन्र्तगत विभिन्न शिर्षकमा ऋणको व्यवस्था गरे यसप्रति आकर्षण बढ्ने सांसदहरुको भनाइ छ । प्रभावकारी नीति, नियम र ऐन, कानुनको आवश्यकता रहेको पनि सांसदहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्