संसदीय सुनुवाइ समितिद्वारा न्यायाधीशमा सुवेदी र चुडालको नाम अनुमोदन
संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको लागि प्रस्तावित न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन गरेको छ ।
संसदीय सुनुवाइ समितिले शुक्रबार सुनुवाइ गरी प्रस्तावित नामहरूलाई सर्वसम्मतीले अनुमोदन गरकेो हो । संसदीय समितिमा दुवै न्यायाधीश विरुद्ध उजुरी परेको थियो । साथै प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा समेत मुद्दा परेको थियो । अदालतले केही दिन अघि (चैत्र ३० गते) मुद्दा किनारा लगाएसँगै समितिले पनि अनुमोदन गरेको छ ।
न्यायपरिषद्को फागुन २८ गते बसेको बैठकले सुर्खेत उच्च अदालतमा मुख्य न्यायाधीश रहेका सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश रहेका चुडालको नाम सिफारिस प्रस्ताव गरेको थियो । शुक्रबारको संसदीय सुनुवाईमा अनुमोदन भएका दुवै न्यायाधीशहरूले सर्वोच्च अदालतमा आफ्नो न्याय सम्पादन र प्रतिवद्धताबारे धारणा राख्नुभएको थियो ।