असिनाले तरकारी बालीमा क्षति
धनकुटा
बिहिबार र शुक्रबार परेको असिना पानीको कारण धनकुटाको तरकारी पकेट क्षेत्र छथरजोपाटी गाउँपालिको सिंधुवा, सल्ले, मजुवा, नाम्जाङ्ग र महालक्ष्मी नगरपालिकाका विभिन्न क्षेत्रमा एक हजार २ सय १० हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएको तरकारी बाली नष्ट भएको छ ।
छथरजोपाटी गाउँपालिकाका विभिन्न वडामा लगाइएको तरकारी बाली पूर्णरुपमा सखाप भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तेह्रथुम तथा जोन इकाइ धनकुटा अन्तर्गत सिुधवा कार्यालयले जानकारी दिएको छ । असिना पानीका कारण करिब ३० करोड मूल्य बराबरको तरकारी नष्ट भएको प्रारम्भिक अनुमान गरिएको भए पनि एकिन विवरण भने संकलन भइरहेको स्थानीय जनप्रनिधिहरुले जानकारी दिएका छन् ।