हुरीबतासले त्रिशूली नदीमाथि निर्माणाधीन पुल भाँच्चियो «

हुरीबतासले त्रिशूली नदीमाथि निर्माणाधीन पुल भाँच्चियो

हुरीबतासले धादिङको त्रिशूलीनदीमा निर्माणाधीन पक्की पुल भाँचिदिएको छ । शनिबार साँझ आएको हुरीबतासले गल्छी गाउँपालिका–४ मासटार र वडा नं. २ केउरेनीटार जोड्ने त्रिशूलीनदी माथि निर्माणाधीन पुल भाँचिदिएको ह्यामलेट होटलका सञ्चालक रामजी मरहठ्ठाले बताए । पुलको दायाँ भाग आरसीसी थियो भने बायाँपट्टिको भाग स्टिलको थियो ।
पुलको बायाँ भाग ८० मिटर लामो स्टिल जडान गरी रंगरोगन गरिसकेको थियो । उक्त पुल निर्माण गर्न २३ करोड ७५ लाखमा २०७३ साल असार ३० गते तुदी, लामा र सपनाले संयुक्तरूपमा सम्झौता गरेका थिए । सम्झौताअनुसार २०७७ मंसिर १३ गते सम्पन्न गर्नुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस्