कारोबार मेरो पालिका
कृषि, पर्यटन र सहकारीमार्फत समृद्धि खोज्दै मालारानी
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका कृषि, पशुपालन, सहकारी, पर्यटन विकासमा सम्भावित गाउँपालिका हो । गाउँपालिकाले अहिले विकासका लागि लुम्बिनी सामाजिक विकास केन्द्रको परामर्शमा आवधिक विकास निर्माण योजनाको काम अन्तिम चरणमा पु¥याएको छ । योजना निर्माण मार्फत विकासका गर्ने गाउँपालिकाको लक्ष्य छ । गाउँपालिकाभित्र सम्भावित रहेको कृषि, पर्यटन र सहकारीमार्फत समृद्ध मालारानी बनाउने गरी काम अगाडि बढेको अध्यक्ष बालकृष्ण आचार्य बताउँछन् ।
कृषि र पशुपालनका लागि उपयुक्त ठाउँ, बजारको सम्भावना, यातायातको सुविधा भएकाले कृषकलाई सहकारीमा आबद्व गराई समृद्ध गाउँपालिका बनाउने योजनामा छौं । हामी जनप्रतिनिधि निर्वाचित भएपछि मालारानी गाउँपालिकाभित्रका ८ वटा वडामा संरचना निर्माणमा जोड दिएका छौं । ८ वटा वडा कार्यालय र गाउँपालिकाको प्रशासकीय भवनको काम अन्तिममा पुगेको छ ।
गाउँपालिकाभित्र समृद्धिको आधार पर्यटन क्षेत्र भएकाले धार्मिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसारमा जोडसँगै आन्तरिक तथा बाह्य पर्यटन भित्रिनुलाई प्रगतिको रूपमा लिएका छौं ।
गाउँपालिकाभित्र रहेका मालारानी मन्दिर, नरसिंह थान, रागामारे मन्दिर लगायतका ठाउँमा धार्मिक पर्यटकको घुइँचोका कारण स्थानीयलाई रोजगार सँगै आम्दानीको स्रोत बनेको छ । मालारानी गाउँपालिकामा अर्घाखाँची जिल्लामै पहिलोपटक बोङ्गिप्रविधिमार्फत पानी ल्याउन, सफल भएका छौं । पानीको समस्या रहेको मालारानीमा अहिले ठाउँठाउँमा खानेपानीको सहज हुँदै आएको छ ।
मालारानीमा पर्यटन वृद्धि गर्नका लागि हंसपुरमा होमस्टे सञ्चालनमा आएको छ । उक्त होमस्टेलाई थप व्यवस्थित रूपले सञ्चालन गरि पर्यटन आगमनमा वृद्धि गर्ने लक्ष्य छ । गाउँपालिकाले केही दिन अगाडि दिगो विकासका लागि आवधिक विकास योजना निर्माणको क्रममा गाउँपालिकाभित्र प्रवल सम्भावना भएका कृषि, पर्यटन र सहकारीलाई समेटेर नारा तय गरेका छौं ।
आवधिक विकास योजनामार्फत अबको ५ वर्षका लागि विकासका खाका तयपश्चात् बजेट विनियोजनमा जोड दिनेछौं । चालू आर्थिक वर्ष २०७७÷०७८ मा भए गरेका कामको अनुमगन, भुक्तानी प्रक्रिया अगाडि बढेको छ, विकासका काम अन्तिम चरणमा पुगेका छन् ।
आगामी आर्थिक वर्षका लागि बजेट निर्माणका लागि बजेटको तयारीमा लागेका छौं, आवधिक विकास योजनामा समेटिएको क्षेत्र कृषि, पर्यटन, सहकारी, पूर्वाधार, शिक्षा, स्वास्थ, खेलकुदलगायतका क्षेत्रलाई प्राथमिकता दिनेछौं ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले नारा परिवर्तन गरेको छ । मालारानी गाउँपालिका भित्रका बासिन्दालाई समृद्ध बनाउने आधार तय गर्दै कृषि, पर्यटन र सहकारी, समृद्ध मालारानी नारा तय गरेको छ ।
गाउँपालिकाको मुहार फेर्ने माध्यम आवधिक विकास योजना बन्ने भएकाले ‘गाउँपालिका भित्र निर्माणका कामका लागि आवधिक योजना महत्वपूर्ण हुन्छ, योजनाको आधारमा रहेर बजेट विनियोजन गर्नमाजोड दिन्छौँ ।
प्रदेश : लुम्बिनी
जिल्ला : अर्घाखाँची
स्थानीय तह : मालारानी
अध्यक्ष : बालकृष्ण आचार्य
वडा संख्या : ९
जनंख्या : २८,०४४
क्षेत्रफल : १०१.०६